भ्रमण दशक कार्यान्वयन प्रक्रिया अगाडि बढाएका छौँ : पर्यटनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधारलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
सम्झनामा गायिका तारादेवी
गायिका तारादेवीका चर्चित गीतको प्रस्तुतिसहित उहाँको सम्झनामा राजधानीमा सांस्कृतिक कार्यक्रम गरिएको छ ।
अनौपचारिक क्षेत्रको सहभागिता निराशाजनक
अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने गरी देशका १०७ पालिका कोषको योजनामा आबद्ध भए पनि लक्ष्य अनुसार श्रमिक आबद्ध गराउन सकेको छैन ।
सिमेन्टको मूल्य घटाउन निर्देशन
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन दिएको छ ।
सुनको मूल्य प्रतितोला एक लाख साठी हजार
स्थानीय बजारमा सुनको मूल्य बढेर तोलामा एक लाख ६० हजार रुपियाँ पुगेको छ ।
सहकारीका बचतकर्ताको गुहार
काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा छ हजार २६६ जना बचतकर्ताले बचत फिर्ता गराइदिन निवेदन दिएका छन् ।
कानुनसँग बाझिएका विषयमा प्रस्ताव ल्याउन सुझाव
सरकारले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ अन्तर्गत कानुनसँग बाझिएका विषयवस्तुमा थप गृहकार्य गरेर अर्को प्रस्ताव ल्याउनुपर्ने भएको छ ।
प्रतिबन्धको सँघारमा रेडक्रस
विगत छ वर्षदेखि आन्तरिक विवाद, विधानविपरीत पदहरूको भागबन्डा र संस्थामा सुशासन र लोकतान्त्रिक पद्धतिको अभावका कारण नेपाल रेडक्रस सोसाइटी प्रतिबन्धको सँघारमा पुगेको छ ।
प्रशासनिक खर्चमा प्रयोग गर्न रोक
प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी (राजस्व) रकमलाई प्रशासनिक खर्चका रूपमा खर्च गर्न नसक्ने व्यवस्था लागु गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सुझाव दिएको छ ।
आर्थिक अपराधमा सङ्गठित गिरोह
सहकारी सञ्चालक गितेन्द्रबाबु राई, टेलिभिजन प्रस्तोता रवि लामिछाने, पूर्वप्रहरी महानिरीक्षक छविलाल बन्जाडे जोशीसहितको समूहले विसं २०७८ असोज १५ गते ठुलो तामझामसहित एक टेलिभिजन सञ्चालनमा ल्यायो ।
गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ
मकवानपुर प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाको छुट्टाछुट्टै स्थानबाट गाजासहित दुई जनालाई पक्राउ गरेको छ।
बागमती प्रदेश सभामा तीन वटा विधेयक दर्ता
बागमती प्रदेश सरकारले बागमती प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता गराएको छ ।
सहकारी बचतकर्ताको गुहार : छ हजार जनाबाट साढेँ चार अर्बको माग दाबी
काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा छ हजार २६६ जना बचतकर्ताले सहकारी संस्थाहरूबाट चार अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपियाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका छन् ।
विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले पहिले ब्याटिङ गर्ने
आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज अष्ट्रेलियाविरुद्धको खेलमा नेपालले टस हारेको छ ।
चलचित्र ‘मायावी’ को गीत ‘सितारा जडेको’ सार्वजनिक
नेपाली चलचित्र ‘मायावी’ को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक भएको छ ।
सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो
सुनको मूल्य आज प्रतितोला एक लाख ६० हजार पुगेको छ । मङ्गलबार प्रतितोला एक लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला एक हजार नौ सयले बढेर एक लाख ६० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चिसोमा विद्यार्थीलाई न्यानो कपडा
पूर्वी मकवानपुरमा ६६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । राधा माधव समिति नेपालअन्तर्गतको डिजाइन यूथ क्लब नेपाल मकवानपुर तथा जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्रको संयुक्त आयोजनामा बागमतीमा रहेका सामुदायिक विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
योजनाको डिपिआर नै कपी पेष्ट हुँदा समस्याः मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले सरकारका आयोजनाहरुको विस्तृत परियोजना प्रस्तावनै कपी पेष्ट हुँदा आयोजना निर्माण र दीगोपनामा समस्या निम्तिएको बताउनुभएको छ ।
नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’
नर्भिक इन्टरनेशनल अस्पतालमा दुवै घुँडाको सफल प्रतिस्थापन शल्यक्रिया (नी रिप्लेसमेन्ट सर्जरी) गरिएको छ । अस्पतालका कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. प्रवीण नेपाल नेतृत्वको टिमले रौतहटको चन्द्रपुर ९ की खिलकुमारी देवकोटाको दुवै घुँडाको प्रतिस्थापन शल्यक्रिया गरेको हो ।
सशस्त्र प्रहरी बल २४औँ वर्षमा
सशस्त्र प्रहरी बल नेपालले आफ्नो २४ वर्षको अवधिमा सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षा तथा विपद् व्यवस्थापनमा आफूलाई क्रियाशील बनाएको छ ।
पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गर्नुभएको छ । यसअघि सन् २०१७ देखि सन् २०२१ सम्म अमेरिकी राष्ट्रपति बन्नुभएका ट्रम्प गत नोभेम्बरमा अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।
गैँडाको आक्रमणबाट मृत्यु
गैँडाको आक्रमणमा एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको धुर्व पोष्ट नजिकै गैडाले आक्रमण गरेर घाइते बनाएका पुरुषको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
चार संसदीय समितिको बैठक बस्दै
आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बुधबार बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।
समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण
कालिमाटी फलफूल तरकारी विकास समितिले आज (बुधबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।