पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गर्नुभएको छ । यसअघि सन् २०१७ देखि सन् २०२१ सम्म अमेरिकी राष्ट्रपति बन्नुभएका ट्रम्प गत नोभेम्बरमा अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।
गैँडाको आक्रमणबाट मृत्यु
गैँडाको आक्रमणमा एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको धुर्व पोष्ट नजिकै गैडाले आक्रमण गरेर घाइते बनाएका पुरुषको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
चार संसदीय समितिको बैठक बस्दै
आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बुधबार बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।
समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण
कालिमाटी फलफूल तरकारी विकास समितिले आज (बुधबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
देशभरको मौसम सफा रहने पूर्वानुमान
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै भू–भागमा हुस्सु लागेको छ ।
जलविद्युत् क्षेत्रमा लगानी बढाउन आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् क्षेत्रमा लगानी बढाउन दातृ निकायलाई आग्रह गर्नुभएको छ ।
उजुरी अध्ययन गर्न उपसमिति
सार्वजनिक लेखा समितिले विचाराधीन उजुरीबारे अध्ययनका लागि उपसमिति गठन गरेको छ ।
धरानमा खानेपानीको समस्या चाँडै समाधान गरिने
खानेपानीमन्त्री प्रदीप यादवले धरान नगर क्षेत्रमा देखिएका खानेपानीको समस्या चाँडै समाधान गरिने बताउनुभएको छ ।
निवृत्तिभरण कोषमा अब नियुक्त हुने शिक्षक मात्रै
सामुदायिक विद्यालयमा अब नियुक्त हुने शिक्षकलाई मात्रै निवृत्तिभरण कोषमा समावेश गरिने भएको छ ।
धरानको खानेपानी समस्या चालु वर्षभित्रै समाधान गर्छौंः खानेपानीमन्त्री
खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीको समस्या चालु वर्षभित्रै समाधान हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सूचना नदिनु निरङ्कुशता हो : मन्त्री लामिछाने
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सूचना नदिनु निरङ्कुशता भएको बताउनुभएको छ। प्रदेश सूचना पुनरावेदन समिति, बागमती प्रदेशले मङ्गलबार हेटौँडामा आयोजना गरेको सूचनाको हक प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सूचनाको हकसम्बन्धी ऐनले नदिनु भनेको बाहेकका सूचना मागकर्ता दिनुपर्ने बताउनुभयो।
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तयारी
२५औँ पुरुष र १० औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता माघ १३ देखि १९ गतेसम्म हेटौंडामा हुने भएको छ ।
उजुरी अध्ययनका लागि लेखा समितिले बनायो समिति
लेखा समितिले उजुरी अध्ययनका लागि समिति गठन गरेको छ । समितिले नेपाली कांग्रेस सांसद सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको हो ।
घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताउनुभएको छ ।
निर्माण सामग्रीको मूल्यवृद्धिबारे उद्योग मन्त्रालयसँग जवाफ मागिने
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय सिमेन्ट, छडलगायत निर्माण सामग्रीको मूल्य बढ्नुको कारणबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग जवाफ माग्ने भएको छ ।
धरानको खानेपानीको समस्या समाधानको प्रयास गर्ने मन्त्री यादवको प्रतिबद्धता
खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानीको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्र गर्नुभएको छ ।
बागमती सरकारले तीन दिन प्रदेशस्तरमा सहिद दिवस मनाउने
बागमती प्रदेश सरकारले सहिद दिवस २०८१ विविध कार्यक्रमको आयोजना गरी तीन मनाउने भएको छ । यही माघ १४, १५ र १६ गते सहिद दिवस तीन दिन प्रदेशस्तरमा सहिद दिवस मनाउने निर्णय गरिएको हो ।
मकवानपुर–काठमाडौं जोड्ने दुई सडक पुनः सञ्चालन
सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको मकवानपुर र काठमाडौं जिल्ला जोड्ने दुई सडक पुनःसञ्चालनमा आएको छ ।
कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबिच सहकार्यको प्रतिबद्धता
प्रमुख प्रतिपक्षसहितका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले सङ्घीय संसद्को आउँदो हिउँदे अधिवेशनलाई कानुन निर्माणका हिसाबले अधिकतम उपलब्धिमूलक तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीबाट सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको मङ्गलबार शुभारम्भ गर्नुभएको छ ।
महिला मृत अवस्थामा फेला
हेटौँडामा एक जना महिला मृत अवस्थामा फेला पर्नुभएको छ । हेटौँडा १ स्वर्गलोकमा महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
‘धरान १० के रन‘ फागुनमा
धरान रनद्वारा आयोजना हुने नेवा च्यारिटि १० के रन आगामी फागुन १० गते हुने भएको छ ।
राष्ट्रपति ट्रम्पलाई पूर्वराष्ट्रपति भण्डारीको शुभकामना
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्तराज्य अमेरिकाको ४७औँ राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाईसहित कार्यकाल सफलताका लागि शुभकामना दिनुभएको छ ।
आदिवासी, जनजाति समुदायका आदिकविको नाम र मूर्ति उपलब्ध गराउन राष्ट्रपतिको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी, जनजाति समुदायका आदिकविहरूको नाम उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।