सतुंगलबाट लागु औषधसहित तीन जना नियन्त्रणमा
सशस्त्र प्रहरीले काठमाडौंको सतुंगलबाट लागु औषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरुमा मोरङ्गको मिक्लाजुङ्ग–८ घर भई काठमाडौं बस्ने वर्ष ४५ का अमरबहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका–२ बस्ने वर्ष ३० का सन्दिप सिंह र काठमाडौं महानगरपालिका–८ बस्ने वर्ष ३३ का आसिक सिंह छन् ।
वायु प्रदूषण : मोबाइल र कम्प्युटर चलाउँदा आँखामा निम्तिन्छ थप समस्या
पछिल्लो समय वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै गएको छ । वायु प्रदूषणले शरीरका सम्पूर्ण अङ्गमा असर गरेपनि विशेषगरी, आँखा र श्वासप्रश्वासमा बढी प्रभाव पार्ने चिकित्सक बताउछन् ।
वर्ष २०८१ का अकल्पनीय विपद्ः जलवायुजन्य सङ्कट गहिरिँदै
गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको सिन्दुरे खोल्सीमा आएको लेदोसहितको पहिरो (डेब्रिज)का कारण सडकमा गुडिरहेका दुईवटा यात्रुबाहक बस बगाएको अप्रिय घटना अझै नेपालीहरूको मनमस्तिष्कमा नमिठो सम्झना बनिरहेको छ ।
संरक्षणको पर्खाइमा सैनिक पार्क
वनमा लागेको डढेलो निभाउने क्रममा ज्यान गुमाएका सेनाको सम्झनामा निर्माण भएको पार्क अहिले अलपत्र परेको छ । १५ वर्षअघि रामेछापको वादीपाखा वनमा लागेको डढेलो निभाउने क्रममा जलेर मृत्यु भएका १३ जना नेपाली सेना जवानको सम्झनामा निर्माण भएको पार्क प्रयोगविहीन बनेको हो । उक्त स्मृति पार्क उद्घाटन हुन नसकेर अलपत्र बनेको छ ।
युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छ : शिशिर खनाल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य शिशिर खनाल प्रतिनिधिसभाको सदस्य हुनुहुन्छ । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सांसद खनाल पार्टीको अन्तरराष्ट्रिय सम्बन्ध विभागको प्रमुखसमेत हुनुहुन्छ ।
खानेपानी आयोजना निर्माण हुँदै
भरतपुर महानगरको व्यस्त नारायणगढ बजार क्षेत्रमा खानेपानीको अभाव भएपछि नयाँ परियोजना सुरु भएको छ । यहाँ रहेको खानेपानीको ट्याङ्कीले पानी नपुगेपछि नारायणगढको बेलचोक सहलगानी खानेपानी आयोजनामार्फत निर्माण गर्न लागिएको हो ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ ।
वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्वपूर्णः अर्थमन्त्री पौडेल
‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको चौंथो राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ ।
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ
जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् ।
पाठ्यपुस्तक पर्याप्त छन्ः जनक शिक्षा प्रादेशिक कार्यालय
नयाँ शैक्षिकसत्र सुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
देशका अधिकांश भागमा जलवाष्पयुक्त हावाको प्रभाव
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको बताएको छ ।
फस्टाउँदै महीको बजार
पछिल्लो समय महीको लोकप्रियता बढेर बजारको प्रिय वस्तु बन्न थालेको छ । महीको खपत बढ्नुका साथै बजारसमेत फस्टाउँदै गएको छ ।
‘ग्रे लिस्ट’ बाट बाहिरिने तयारी सुरु
सम्पत्ति शुद्धीकरण निवारणमा कमजोर प्रदर्शनपछि ‘गे्र लिस्ट’ मा परेको नेपालले त्यसबाट बाहिरिन तयारी सुरु गरेको छ ।
चार फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा
भ्रष्टाचारको कसुरमा विशेष अदालत काठमाडौँले गरेका चार वटा फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान पुनरावेदनका लागि आयोग सर्वोच्च पुगेको छ ।
छत्तिस लाखको आँखा परीक्षण
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले रोगको उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने सचेतना कार्यक्रममा जोड दिन सम्बन्धित सबैसँग आग्रह गर्नुभएको छ ।
कार्यक्षेत्र मिच्दा द्वन्द्व
केही समयअघि बर्दियाको बारबर्दिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतले उपप्रमुखलाई अभद्र व्यवहार गरेपछि नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबिच केही दिनसम्म आन्तरिक द्वन्द्व बढ्दै गयो । आपसी सहमतिमा उक्त विवाद तत्कालका लागि टरेको दाबी गरिएको छ ।
हत्या गरी फरार रहेका साधु पक्राउ
प्रहरीले कर्तव्य ज्यान सम्बन्धी कसुरमा ६२ वर्षीय लोकनाथ साह तेलीलाई पक्राउ गरेको छ ।
सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो
सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि बुधबार मन्त्रालयमा बोलाएको हो ।
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट तथा छलफल गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय आयोगमा स्वास्थ्यमन्त्रीको सम्बोधन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आज आयोजित जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सत्रलाई सम्बोधन गर्नुभएको छ ।
काठमाडौँमा सहकारी र लघुवित्त पीडितहरूको प्रदर्शन
सहकारी, लघुवित्त, बैँक तथा मिटरब्याज पीडितहरूले मङ्गलबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् ।
देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ ।