कालीकोटको तीन स्थानीय तहको नतिजा सार्वजनिक
कालीकोटका नौ स्थानीय तहमध्ये तीन स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका र पलाँला गाउँपालिका गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको हो ।
नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादीका प्रेम र उपाध्यक्षमा कांग्रेसका तकदिर विजयी
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका प्रेम लामा र उपाध्यक्षमा नेपाली काँग्रेसका तकदिर लामा विजयी हुनु भएको छ । उहाँहरु दुुवै गठबन्धन दलका तर्फबाट निर्वाचित हुनु भएको हो ।
कपुरकोट गाउँपालिका अध्यक्षमा समाजवादी र उपाध्यक्षमा माओवादी केन्द्र विजयी
कपुरकोट गाउँपालिका सल्यानको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र र एकिकृत समाजवादी गठबन्धनका उम्मेदवारहरुले जित हासिल गरेका छन् । गठबन्धनबाट एकिकृत समाजवादीका दुर्गा बहादुर पुन ३१६० मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको छ ।
सल्यान शारदा नगरपालिकामा प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
शारदा नगरपालिकामा प्रमुख तथा उपप्रमुख पदमा कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका प्रकाश भण्डारी र उपप्रमुखमा सुष्मिता सापकोटा विजयी हुनु भएको हो । भण्डारीले ६ हजार २ सय १७ मत ल्याउनु भएको हो ।
मत परिणाम आउने क्रम जारी
कर्णाली प्रदेशको स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ । यस प्रदेशका अधिकांश स्थानीय तहमा मतगणना जारी छ, केहीमा सम्पन्न भएको छ, केहीमा पुनः मतदान हुँदैछ भने केहीमा विवादका कारण मतगणना स्थगित गरिएको छ ।
मुगुको कार्मारोङ गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी
मुगुको कार्मारोङ गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका छिरिङ क्याप्ने लामा विजयी हुनुभएको छ। उपाध्यक्षमा भने नेकपा (एमाले)का छिरिङ पुटिक लामा विजयी हुनुभएको छ।
महावु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गुरुङ विजयी
दैलेखको महावु गाउँपालिकामा नेपाली कांग्रेसका लक्षमण गुरुङ विजयी हुनुभएको छ । गुरुङले दुई हजार ९७९ मत प्राप्त गर्नुभएको छ ।
महादेव मावि केन्द्रमा पुनः मतदान हुने
राजन रावतहुुम्ला, जेठ २ गते । चंखेली गाउँपालिका वडा २ को महादेब मावि मतदान केन्द्रको मतदान कार्य पुनः हुनेभएको छ । गत वैशाख ३० गते सम्पन्न मतदानमा आधाभन्दा बढी मतदाताले मत खसाल्न नपाएको उजुरीका आधारमा आयोगले सो मतदान केन्द्रको मतदान कार्य पुनः गर्ने निर्णय गरेको हो ।मुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले उक्त मतदान केन्द्रको मतदान कार्य पूुनः हुने बताउनुुभयो । निर्वाचनको मिति कहिले गर्ने भन्ने निर्णय सम्वन्धित गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले गर्ने र मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी र मतपत्र पठाउने छ । यसका लागि आयोगबाट पत्र समेत प्राप्त भएको उहाँले बताउनुुभयो । मतदान कार्य पुन सञ्चालन गर्न गठबन्धन दलहरुका तर्फबाट अध्यक्ष पदका उम्मेदवार गोबिन्द शाही, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनसँग माग गरेका थिए । स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षले धाँधली गरेर मतदातालाई मत हाल्नबाट बन्चित गरेको भन्दै पूनः मतदान गर्न गठबन्धन दलले माग गरेका थिए । गठबन्धन दलहरुको मागमाथि छलफल गर्दा आयोग पुन मतदान कार्य गराउने निष्कर्षमा पुुगेको बताइएको छ । मतदान केन्द्रमा ९०३ मतदाता रहेकोमा ३९० मत मात्र खसेको थियो । स्वतन्त्र उम्मेदवारको मात्र मत खसाल्न दिएको दावी गठबन्धन दलहरुले गर्दैआएका थिए । मतदान कार्यबाट ५१३ मत खस्न पाएको थिएन । दलहरुले ५६ दशमलव ६८ प्रतिशत मतदातालई मतदान गर्नबाट बन्चित गरिएकाले पुन मतदान गर्न माग गरेका थिए । मतदानका दिन झडप हुँदा सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर गरेको थियो । मतदान अधिकृतसहित तीन जना घाइते हुनुुभएको थियो । जसमा एक जना मतदान कार्यमा खटिएका कार्यालय सहयोगी काला रोकायाको हेलिकोप्टरबाट उपचारका लाग सुुर्खेत लगिएको छ । पुनः मतदान कार्य सुचारु भएपछि पनि गठबन्धन पक्षका मतदाताले मत हाल्न सक्ने बातावरण नै नभएकाले यस्तो अबस्था आएको सासद छक्कबहादुुर लामाले बताउनुुभयो ।
जुम्ला हिमा गाउँपालिका अध्यक्षमा काँग्रेस विजयी
नेत्र शाही जुम्ला, जेठ २ गते । जुम्लाको हिमा गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष लक्ष्मणबहादुर शाही विजयी हुनुभएको छ । उपाध्यक्षमा नेपाली काँग्रेसकै सुपर्ना शाही विजयी हुनुभएको हो । अध्यक्ष शाहीले एकहजार आठ सय ७२ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष रजनकलाले एकहजार पाँच सय १८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्याशी नेकपा माओवादीका अमरजंग शाहीले एक हजार चार सय ८९ र उपाध्यक्ष कल्पना दमाईले एक हजार ८९ मतले प्राप्त गर्नुभएको छ । हिमा गाउँपालिकामा २०७४ सालमा नेकपा माओवादी केन्द्रले जीत हाशिल गरको थियो । अध्यक्ष रजवहादुर शाही र उपाध्यक्ष हिमाली रोकाया विजयी भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार हिमा गाउँपालिकामा चारहजार आठसय ४७ मत खसेको थियो ।