नवनिर्वाचित प्रमुख र अध्यक्षलाई शपथ
सुर्खेत जिल्लाका नौवटै स्थानीय तहका प्रमुख र अध्यक्षले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार जिल्ला समन्वय समितिको हलमा उहाँहरूको शपथग्रहण कार्यक्रम भएको हो । स्थानीय तह सदस्य निर्वाचन ऐन २०७९ अन्तर्गत निर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । सुर्खेत जिल्लामा पाँच नगरपालिका र चार गाउँपालिका रहेका छन् ।
‘योजना वितरणमा पारदर्शी बन्नेछु’
स्थानीय तहको निर्वाचनमा दैलेखको नौमूले गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार छविराम सुवेदी ठूलो मतान्तरसहित विजयी हुनुभएको छ । उहाँ तीन हजार २०० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढामगरले दुई हजार ५४४ मत प्राप्त गर्नुभयो ।
फेरि मतदान गर्न १३ घण्टा पैदल हिँड्नु नपराेस् : मासपुरवासी
बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका लागि मतदान गर्न हुम्लाको मासपुरवासीले १३ घण्टा पैदल हिड्नु पर्ने बाध्यता भयो । गाउँमै मतदान केन्द्र नतोकिदाँ मासपुरबासीले मतदान गर्न सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।
जनप्रतिनिधिका नयाँ प्रतिबद्धता
कालीमाटी गाउँपालिका सल्यानमा यस अघि निर्वाचित जनप्रतिनिधिले गाउँमै क्याम्पस सञ्चालन गर्ने प्रतिबद्धता गरेका थिए । पाँच वर्ष बित्यो तर गाउँमा क्याम्पस स्थापना भएन । उच्च शिक्षाका लागि सल्यान सदरमुकाम वा सुर्खेत जानुपर्ने बाध्यता छ । गाउँपालिकाभित्रका खरका छाना हटाउने घोषणा प
जुम्लाकाे सिँजामा टेलिफोन सेवा सुचारु
जुम्ला, जेठ ८ गते । जुम्लाको सिँजा गाउँपालिकामा पहिलो पटक टेलिफोन सेवा सञ्चालन भएको छ । नराकोटमा निर्मित टेलिफोन टावरलाई पुनः सञ्चालन गरी टेलिफोन सञ्चालन गरेको हो । यसअघिसम्म बन्द अवस्थामा रहेको टेलिफोन सेवा नव निर्वाचित गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको पहलमा सञ्चालनमा आएको हो । सेवा सञ्चालनसँगै सिंजाबासी लाभान्वित बनेको स्थानीय डिल्लीप्रसाद तिवारीले बताउनुभयो । विद्युतको भोल्टेज नपुगेपछि सोलार व्यट्रि व्यवस्थापन गरेर टेलिफोन सञ्चालनमा ल्याएको नेपाल टेलिकम जुम्लाका प्राविधिक चित्र शाहीले जानकारी दिनुभयो । सिँजा गाउँपालिकामा रहेको उक्त टावरले हिमा गाउँपालिकाको केही क्षेत्रमा समेत टेलिफोन सेवा लिन पाएका छन् ।
डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने
डोल्पा जिल्लामा यार्सागुम्बा सङ्कलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ । शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिको सहभागितामा बसेको बैठकले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन आगामी असार १० गतेसम्म सङ्कलन गर्न पाउने निर्णय गरेको हो । स्थानीयवासी यार्सागुम्बा सङ्कलनबाट आम्दानीले लिन गर्दछन् ।
गठबन्धनको प्रभाव : खुम्च्यायो महिला सहभागिता
स्थानीय तह निर्वाचनमा जिल्लाका सातमध्ये दुईवटा गाउँपालिकामा मात्र महिला उपाध्यक्ष निर्वाचित भएका छन् । गठबन्धनका कारण उपाध्यक्षमा महिलाको उम्मेदवारी दुईवटा गाउँपालिका खुम्चिएको हो ।
तीन दिनदेखि उच्च रक्तश्राव भएकी सुत्केरीको उद्धार
एक जना सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। सुत्केरी भएको तीन दिनसम्म लगातार रक्तश्राव नरोकिएपछि हेलिकप्टरबाट उद्धार गरिएको हो।
हिमा गाउँपालिका अध्यक्षद्वारा सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रतिबद्धता
जुम्लाको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले गाउँपालिकाको पहिलो निर्णय सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरिने जानकारी दिनुभयो ।