सांसद शाहीको छाउगोठदेखि संसद्सम्म पुस्तक विमोचन
राजन रावत हुुम्ला, वैशाख ८ गते । हुुम्लाका सङ्घीय सांसद रङ्गमती शाहीको छाउगोठदेखि संसद्सम्म पुस्तक विमोचन भएको छ । उक्त पुस्तक कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले एक कार्यक्रमको आयोजनामा विमोचन गर्नुभएको हो ।सांसद शाहीले पुस्तकमा आफू विकट दुुर्गम गाउँमा जन्मिएदेखिको अनुुभव र पहिलो महिनावारीपछि छाउगोठमा बस्दा भोगेका कठिनाइलाई समेट्नुुभएको छ । अहिले पनि महिलाहरु महिनावारी हुँदा छाउगोठमा बस्नुुपर्ने बाध्यात्मक यथार्थलाई पुुस्तकमा उल्लेख गर्नुभएको छ । छाउगोठमा बसेको बेला भोगेका पीडा, कतिपय महिला रोगकाे शिकार भएको कुरालाई पनि समेट्नुुभएको छ । आफू संसदमा पुुगेको कारण छाउगोठमा बस्नुु नपरेको भए पनि सुदुरपश्चिमका अधिकांश महिला अझै पनि महिनावारीको समयमा छाउगोठमा बस्नुुपरिरहेको विषय पुस्तकमा समेटिएको छ । समाजका गन्ने मान्ने व्यक्तिहरुबाट छाउपडीविरुद्ध बाहिर आवाज आउने गरेको भए पनि व्यवहारमा त्यो देखा नपरेको कुरालाई पनि पुस्तकमा समेटिएको छ । त्यसै सांसद शाहीले आफूले २०७४ सालमा समानुपातिकतर्फबाट सांसद निर्वाचितदेखि संसदमा आफूले खेलेको भूमिकाका बारेमा पनि उल्लेख गर्नुभएको छ ।
प्रदेश सरकारका उपलब्धि सार्वजनिक
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो छ महिने प्रगति विवरण बुधबार सार्वजनिक गर्नुभएको छ । कर्णाली प्रदेश सरकारले कोरोनाविरुद्धको खोपलगायत विभिन्न विकासका कामलाई उपलब्धिका रूपमा सार्वजनिक गरेकोे हो ।
मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त सम्पन्न
मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहबाट ५१९ जना विद्यार्थी दीक्षित भएका छन । मङगलबार विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगरमा आयोजित दीक्षान्त समारोहमा दीक्षित हुन योग्य दुई हजार ८९ विद्यार्थीमध्ये पाँच सय १९ विद्यार्थी दीक्षित भएका हुन ।
आचारसंहिता पूर्णरुपमा पालन गर्ने राजनीतिक दलको प्रतिबद्धता
जिल्लास्थित राजनीतिक दलहरुले निर्वाचन आचरसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले राजनीतिक दलहरुसँग आचारसंहिता सम्बन्धि अन्तरक्रिया कार्यक्रममा जिल्लाका सबै राजनीतिक दलले सो प्रतिबद्धता व्यक्त गरेका हुन ।
उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा कंडेल विजयी
उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा लक्ष्मण कँडेल विजयी हुनु भएको छ । प्रतिस्पर्धी हर्षविक्रम खड्कालाई ४८ मतले पराजित गर्दै उहाँ अध्यक्षमा विजयी हुनु भएको हो ।
पत्रकारदेखि व्यवसायीसम्म जनप्रतिनिधि बन्न इच्छुक
धनगढी समाचारदाताधनगढी, वैशाख ६ गते । कैलालीमा स्थानीय तहको बागडोर सम्हाल्नका लागि पत्रकारदेखि व्यवसायीसम्म इच्छुक देखिएका छन् । स्थानीय तहको ३० गते हुने निर्वाचनका लागि पत्रकार र व्यवसायीले उम्मेदवारीको तयारी गरेका हुन् । जसमध्ये कतिपयले आआफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । कैलालीको जानकी गाउँपालिकामा अध्यक्ष पदका लागि पत्रकार गणेश चौधरीले तयारी गरिरहनुभएको छ । रेशम चौधरीको समर्थन रहेको नागरिक उन्मुक्ति पार्टीबाट चौधरीले अध्यक्ष पदमा चुनाव लड्ने तयारी गर्नुभएको हो । उहाँको टिकट लगभग पक्का भइसकेको तर घोषणा हुन बाँकी रहेको बताइएको छ । उत्पीडनमा परेका सबै जाति र समुदायलाई न्याय दिलाउनका लागि आफू राजनीतिमा लागेको चौधरीको भनाइ छ । पहिचानको मुद्दालाई सबैभन्दा पहिले माओवादी पार्टीले उत्थान गरेको थियो । तर सो मुद्दालाई माओवादीले बिर्सिसकेको पत्रकार चौधरीको बुझाइ छ । माओवादीले छोड्दै गइरहेको पहिचानको मुद्दालाई अब नागरिक उन्मुक्ति पार्टीले अगाडि बढाउने उहाँले बताउनुभयो । यसैगरी घोडाघोडी नगरपालिकाको प्रमुखमा चुनाव लड्नका लागि पत्रकार प्रकाश मिश्र आकाङ्क्षी हुनुुहुन्छ । प्रेस चौतारी आबद्ध उहाँ नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट चुनाव लड्नका लागि प्रयास गरिरहनुभएको छ । यद्यपि टिकटको टुङ्गो भने लागिसकेको छैन । टिकट पाउने टुङ्गो नलागे पनि मिश्र चुनावी एजेन्डासहित प्रचारप्रसारमा जुटिसक्नुभएको छ । यसैगरी धनगढी उपमहानगरपालिकाको मेयरमा व्यवसायी गोपाल हमालले स्वतन्त्रबाट आफ्नो उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । धनगढीको विकास ‘धनगढी मोडल’ मा गर्ने, आफूले कुनै पनि सेवा सुविधा नलिने र स्वयंसेवक भएर काम गर्ने उद्घोषसहित उहाँ प्रमुखमा उम्मेदवारी घोषणा गर्नुभएको हो । २०७४ सालको निर्वाचनमा पनि उहाँ धनगढी उपमहानरपालिकाको मेयरमा स्वतन्त्रबाटै चुनाव लड्नुभएर थोरै मतान्तरले नेपाली काँग्रेसका नृपबहादुर वडसँग पराजित हुनुभएको थियो । मेयरमा जितेमा आफूले कुनै पनि सेवासुविधा नलिई पाँच वर्षसम्म स्वयंसेवकको रूपमा काम गर्ने हमालले घोषणा गर्नुभएको छ । यसैगरी अर्का व्यवसायी गोकर्ण भट्ट गोदावरी नगरपालिकाको प्रमुखमा चुनाव लड्नका लागि जुटिरहनुभएको छ । नेकपा एमालेबाट उहाँले प्रमुखमा चुनाव लड्ने तयारी गरिरहनुभएको हो । भट्ट सो पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टका सहोदर भाइ पनि हुनुहुन्छ । उहाँले टिकट पाउने सम्भावना प्रबल रहेको धेरैको बुझाइ छ ।
अध्यक्ष ओलीले लिमीका तीन बालबालिकालाई पढाउनुहुने
राजन रावतहुुम्ला, वैशाख ५ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हिमालपारीको गाउँ लिमीका तीन जना बालबालिकालाई पढाइदिनुु हुनेभएको छ । लिमी पुुग्ने क्रममा त्यहाँका स्थानीयको पीरमर्का विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्न नपाएको गुनासो सुुनेपछि उहाँले तीन बालबालिकालाई आफूले पढाइदिने घोषणा गर्नुभएको हो । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले आइतबार बिहान लिमी पुुग्ने क्रममा स्थानीयसँग अध्यक्ष ओलीले लिमीका तीनवटै विद्यालयका जेहेन्दार तीन जना विद्यार्थीलाई काठमाडौंमा लगेर आफूले निशुुल्क पढाई दिने प्रतिबद्धता जनाएको बताउनुुभयो । सो क्रममा अध्यक्ष ओलीले अध्ययन गर्न नपाएका, न्यून आयस्रोत भएका बिधार्थीलाई आफ्नै लगानीमा अध्ययन गराई दिने बताउनुुभएको हो । द्यावडा अध्यक्ष तामाङले नाम्खा गाउँपालिका –६ को हिमाली पारीको गाउँ निक्कै दुुर्गम र हालसम्म निकै बिधार्थीले अध्ययन गरेको जानकारी पाएको कारण पनि उहाँले ती विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गराइदिने निर्णयमा पुुगेको बताउनुुभयो । तीनै जना विद्यार्थीले २०७९ सालको नयाँ शैक्षिकसत्रबाट अध्ययन गर्न पाउनेछन् । बिधार्थी छनौट गरेर पठाई दिन अध्यक्ष ओलीले लिमीका वडा अध्यक्षमार्फत आग्रह गर्नुभएको छ ।
बाली भित्र्याउन आधुनिक प्रविधिको प्रयोग हुँदै
जाजरकोटमा कृषकहरुले बाली भित्र्याउनको लागि आधुनिक प्रविधिको प्रयोग गर्न थालेका छन् । कृषिमा आधुनिकिकीकरणसँगै नयाँ नयाँ प्रविधिको खोजी गर्ने यहाँका कृषकहरु बाली लगाउन र भित्र्याउनसमेत आधुनिक यान्त्रिकरणको प्रयोग गर्न थालेका छन् । पहिले गहुँबाली काटेपछि गोरुको माध्यमद्धारा गहुँ मिर्ने यहाँका किसानहरु अहिले थ्रेसर मेशिनमार्फत् गर्न थालेका छन् ।
सुरक्षा चुनौतीमा मतदान स्थल
दैलेख समाचारदातादैलेख, वैशाख ५ गते । जिल्ला सुरक्षा समितिले दैलेखका ४६ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको जनाएको छ । मतदान स्थलको स्थलगत निरीक्षणपछि जिल्ला सुरक्षा समितिले सुरक्षा चुनौतीका दृष्टिले अतिसंवेदनशील, संवेदनशील र सामान्य केन्द्रका रूपमा वर्गीकरण गरेको हो ।जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले १३६ मतदान स्थलमध्ये ४६ अतिसंवेदनशील, ५५ संवेदनशील र ३५ सामान्य मतदान स्थल रहेको जानकारी दिनुभयो । उहाँले विगतको निर्वाचनमा भएका घटना, दलको प्रतिस्पर्धा, भौगोलिक अवस्थालगायतलाई आधार बनाई मतदान स्थलको वर्गीकरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा मतदान स्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाएर ती मतदान स्थलबाट मतगणना स्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्नसमेत आवश्यक सुरक्षा सजगता अपनाउँदै सुरक्षाकर्मी परिचालन गर्न सुरक्षा समितिको बैठक बस्ने बताउनुभयो । सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारीसहित निर्वाचन कार्यालयका प्रमुखको टोलीले जिल्लाका ११ वटा स्थानीय तहमध्ये केही स्थानीय तहमा रहेका मतदान स्थलहरूको निरीक्षण गरेको र केही स्थानीय तहमा रहेका मतदान स्थलको निरीक्षण गर्नेक्रम जारी रहेको जानकारी दिएको छ । सुरक्षा समितिले २०७४ सालको निर्वाचनमा जस्तो यस पटक भूमिगत समूहको हिंसात्मक गतिविधि नहुने विश्लेषणसमेत गरेको छ ।