• १९ असार २०८१, बुधबार

अध्यक्ष ओलीले लिमीका तीन बालबालिकालाई पढाउनुहुने

blog

राजन रावत

हुुम्ला, वैशाख ५ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हिमालपारीको गाउँ लिमीका तीन जना बालबालिकालाई पढाइदिनुु हुनेभएको छ । लिमी पुुग्ने क्रममा त्यहाँका स्थानीयको पीरमर्का विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्न नपाएको गुनासो सुुनेपछि उहाँले तीन बालबालिकालाई आफूले पढाइदिने घोषणा गर्नुभएको हो । 

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले आइतबार बिहान लिमी पुुग्ने क्रममा स्थानीयसँग अध्यक्ष ओलीले लिमीका तीनवटै विद्यालयका जेहेन्दार तीन जना विद्यार्थीलाई काठमाडौंमा लगेर आफूले निशुुल्क पढाई दिने प्रतिबद्धता जनाएको बताउनुुभयो । सो क्रममा अध्यक्ष ओलीले अध्ययन गर्न नपाएका, न्यून आयस्रोत भएका बिधार्थीलाई आफ्नै लगानीमा अध्ययन गराई दिने बताउनुुभएको हो । द्या

वडा अध्यक्ष तामाङले नाम्खा गाउँपालिका –६ को हिमाली पारीको गाउँ निक्कै दुुर्गम र हालसम्म निकै बिधार्थीले अध्ययन गरेको जानकारी पाएको कारण पनि उहाँले ती विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गराइदिने निर्णयमा पुुगेको बताउनुुभयो । तीनै जना विद्यार्थीले २०७९ सालको नयाँ शैक्षिकसत्रबाट अध्ययन गर्न पाउनेछन् । बिधार्थी छनौट गरेर पठाई दिन अध्यक्ष ओलीले लिमीका वडा अध्यक्षमार्फत आग्रह  गर्नुभएको छ ।