• १७ असार २०८१, सोमबार

सां‌सद शाहीको छाउगोठदेखि संसद्सम्म पुस्तक विमोचन

blog

पुुस्तक बिमोचन गर्नुहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही । तस्बिर : राजन रावत, हुम्ला

राजन रावत

हुुम्ला, वैशाख ८ गते । हुुम्लाका सङ्घीय सांसद रङ्गमती शाहीको छाउगोठदेखि संसद्सम्म पुस्तक विमोचन भएको छ । उक्त पुस्तक कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले एक कार्यक्रमको आयोजनामा विमोचन गर्नुभएको हो ।

सांसद शाहीले पुस्तकमा आफू विकट दुुर्गम गाउँमा जन्मिएदेखिको अनुुभव र पहिलो महिनावारीपछि छाउगोठमा बस्दा भोगेका कठिनाइलाई समेट्नुुभएको छ । अहिले पनि महिलाहरु महिनावारी हुँदा छाउगोठमा बस्नुुपर्ने बाध्यात्मक यथार्थलाई पुुस्तकमा उल्लेख गर्नुभएको छ । 

छाउगोठमा बसेको बेला भोगेका पीडा, कतिपय महिला रोगकाे शिकार भएको कुरालाई पनि समेट्नुुभएको छ । आफू संसदमा पुुगेको कारण छाउगोठमा बस्नुु नपरेको भए पनि सुदुरपश्चिमका अधिकांश महिला अझै पनि  महिनावारीको समयमा छाउगोठमा बस्नुुपरिरहेको विषय पुस्तकमा समेटिएको छ । 

समाजका गन्ने मान्ने व्यक्तिहरुबाट छाउपडीविरुद्ध बाहिर आवाज आउने गरेको भए पनि व्यवहारमा त्यो देखा नपरेको कुरालाई पनि पुस्तकमा समेटिएको छ । त्यसै सांसद शाहीले आफूले २०७४ सालमा समानुपातिकतर्फबाट सांसद निर्वाचितदेखि संसदमा आफूले खेलेको भूमिकाका बारेमा पनि उल्लेख गर्नुभएको छ ।