• १९ असार २०८१, बुधबार

बाली भित्र्याउन आधुनिक प्रविधिको प्रयोग हुँदै

blog

सहदेव बस्नेत

जाजरकोट, वैशााख ५ गते । जाजरकोटमा कृषकहरुले बाली भित्र्याउनको लागि आधुनिक प्रविधिको प्रयोग गर्न थालेका छन् । कृषिमा आधुनिकिकीकरणसँगै नयाँ नयाँ प्रविधिको खोजी गर्ने यहाँका कृषकहरु बाली लगाउन र भित्र्याउनसमेत आधुनिक यान्त्रिकरणको प्रयोग गर्न थालेका छन् । पहिले गहुँबाली काटेपछि गोरुको माध्यमद्वारा गहुँ दाइँ गर्ने यहाँका किसानहरु अहिले थ्रेसर मेशिनमार्फत गर्न थालेका छन् ।

खेतिपातीमा कृषकहरुको लागि आधुनिक प्रविधितर्फ लिन कृषि विकास कार्यालयले पहल गरेर कृषकलाई उपकरण उपलव्ध गराएपछि कृषकहरु यसतर्फ आकर्षित हुन थालेका हुन् । भेरी नगरपालिका नगर कृषि शाखा प्रमुख यज्ञबहादुर अधिकारी, कृषकहरुको मागको आधारमा ५० प्रतिशत साझेदारीमा उपकरणहरु उपलब्ध गराउने गरेको बताउनुहुन्छ । पहिले मल र वीऊको लागि मात्र कार्यालय धाउने कृषकहरु हाल औजार र उन्नत यान्त्रिकरणको लागि माग ल्याएर आउने गरेको बताउनुहुन्छ ।

भेरी नगरपालिका १ कालेगाउँका कृषक भद्रबहादुर वटाला पहिले एक महिनामा हुने काम थ्रेसर मेशिनमार्फत् गर्दा एक दिनमै सकिने भएपछि यसतर्फ आकर्षण भएको बताउनुहुन्छ ।  यसले गर्दा किसानहरुमा समयको सदुपयोग भएको बताउनुहुन्छ । त्यस्तै, अर्का कृषक बलजित खत्रीले अहिले का कृषकहरुमा आधुनिक प्रविधिहरुको प्रयोगमा लागेको बताउनुभयो । पहिले कृषकहरुमा परम्परागत सीपको प्रयोग भएकोमा अहिले समय सुहाँउदो रुपमा आधुनिक प्रविधिको प्रयोग भएको बताउनुहुन्छ ।