सर्केगार्ड गाउँपालिकामा कांग्रेस विजयी
हुम्ला जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ठान बहादुुर रोकाया निर्वाचित हुनु भएको छ । उहाँ गठबन्धन दलका तर्फबाट निर्वाचित हुनु भएको हो ।
गठबन्धन अघिअघि, एमाले पछिपछि
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणनाको परिणाम धमाधम आइरहेको छ । कर्णालीका कतिपय पालिकाको नतिजा टुङ्गो लागिसकेको छ भने कतिपय ठाउँमा मतगणना जारी छ । मङ्गलबारसम्मको नतिजामा धेरैजसो पालिकामा काँग्रेसका प्रतिनिधिले विजय प्राप्त गरेका छन् । समग्रमा गठबन्धनका उम्मेदवारले विजयमा अग्रता लिएका छन् भने नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पछ्याउँदै गइरहेको देखिन्छ ।
चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी
मुना हमालसुर्खेत, जेठ ३ गते । चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । गाउँपालिका अध्यक्षमा एमालेका बोधविक्रम जिसी र उपाध्यक्षमा मिनाकुमारी रोकाय विजयी हुनुभएको हो । अध्यक्षमा जिसिले तीन हजार ५९१ मत ल्याउनु भएको छ । उहाँका प्रतिष्पर्धी नेपाली काँग्रेसका डोरप्रसाद शर्माले तीन हजार ५३० मत ल्याउनुभयो । यस्तै उपाध्यक्ष रोकायले तीन हजार ५८१ मत ल्याउनुभएको छ । उहाँका प्रतिष्पर्धी काँग्रेसका मनमाया आचार्यले तीन हजार ४६९ मत ल्याएर पराजित हुनुभयो । छ वटा पालिका रहेको सो गाउँपालिकामा एमाले र काँग्रेसले तीन तीन वटामा जित हासिल गरेका छन् । वडा नं १ मा एमालेका टेकबहादुर रजाली विजयी हुनुभएको छ । उहाँले ६८२ मत ल्याएर वडा अध्यक्षमा विजयी हुनुभयो । वडा नं ४ मा एमालेका टेकबहादुर रानाले ६०१ मत ल्याएर वडा अध्यक्षमा विजयी हुनु भएको छ । वडा नं ५ मा एमालेकै लालबहादुर जिसीले ५३० मत ल्याएर वडा अध्यक्षमा विजयी हुनु भएको छ । यस्तै, वडा नं २ मा काँग्रेसका प्रेमबहादुर खड्का विजयी हुनुभएको छ । उहाँले ६९५ मत ल्याएर वडा अध्यक्षमा विजयी हुनुभयो । वडा नं ३ मा काँग्रेसकै वीरबहादुर जिसीले ७२१ मत ल्याएर वडा अध्यक्षमा विजयी हुनुभयो । यस्तै, वडा नं ६ मा काँग्रेसका भिमबहादुर बुढाले ५१४ मत ल्याएर वडा अध्यक्ष विजयी हुनुभयो ।
गोलाप्रथाबाट महिला सदस्यमा तामाङ चयन
राजन रावतहुुम्ला, जेठ ३ गते । चङ्खेली गाउँपालिका –५ को महिला सदस्य गोलाप्रथाबाट चयन गरिएको छ । दुवै जना प्रतिस्पर्धीले बराबर मत ल्याएपछि गोलाप्रथाबाट महिला सदस्य चयन गरिएको हो ।महिला सदस्यमा गोलाप्रथाबाट चयन हुनेमा नेक्पा गाउँकी बेलसरा तामाङ रहनुुभएको छ । मत बरावर आएको जानकारी निर्वाचन अधिकृतको कार्यालयबाट आएपछि गोलाप्रथाबाट आफू चयन भएको उहाँले बताउनुुभयो । उहाँ नेकपा (एमाले) को तर्फबाट उम्मेदवार रहनुभएको थियो ।गोलाप्रथाबाट छानिन असफल नेपाली काँग्रेसकी उम्मेदवार गोरीकला तामाङबीच सो कार्य गरिएको हो । उहाँहरु दुुबै जनाले पचासी पचासी मत ल्याउनुुभएको निर्वाचन अधिकृत यामकुुमार ढकालले जानकारी दिनुभयो । मतगणना स्थलमा उहाँहरु दुुवै जना नभएको भए पनि पछि बोलाएर गोलाप्रथाबाट सो टुङ्गो लगाइएको बताउनुुभयो । डाँफे आधारभूत विद्यालय मतदान केन्द्रमा कुल १९६ मतदाता रहेकामा २६ मत बदर भएको थियो । गाउँपालिका केन्द्र पिप्लाङमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा एक दिन पैदल हिंडेर उहाँहरु दुुई जना आइपुुग्नुुभएको थियो । दुःख गरी पैदल हिंडेर आए पनि गोलाप्रथामा सदस्य छनाेट भएपछि खुशी लागेको उहाँले बताउनुभयो ।
बनगाड कुपिण्डे नगरपालिका प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस विजयी
प्रतीक इच्छुक शर्मासल्यान, जेठ ३ गते । बनगाड कुपिण्डे नगरपालिकामा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कर्णबहादुर बुढाथोकी विजयी हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेका गोविन्दकुमार पुनलाई २ हजार ७४६ मतले पछि पार्दै बुढाथोकी विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत कार्यालय सल्यानले जनाएको छ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेकाअनुसार विजयी बुढाथोकीले ७ हजार ४६६ मत ल्याउनु भएको छ भने निकतम प्रतिद्वन्द्वी एमालेका गोविन्दकुमार पुनले ४ हजार ७२० मत प्राप्त गर्नु भएको हो । यस्तै, नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसका पुरुषोत्तम आचार्य विजयी हुनुभएको हो । कांग्रेसबाटै बागी उम्मेदवारी दीपेन्द्र विष्टलाई १ हजार ५५५ मतले पछि पार्दै आचार्य विजयी हुनु भएको हो । । आचार्यले ५ हजार ७ ३५ मत ल्याउँदा कांग्रेसकै बागी उम्मेदवार विष्टले ४ हजार १८० मत पाउनु भएको हो ।बन्गाड कुपिण्डे नगरपालिकामा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए भने एमाले राप्रपासँग मिलेर निर्वाचनमा होमिएको थियो । नगरप्रमुख र उपप्रमुखमा सुरुवातमा प्रतिस्पर्धा भए पनि पछिल्लो समयमा गठबन्धन टिमले एक हजारभन्दा बढी मत फरक पार्दै आएको थियो ।०७४ को स्थानीय निर्वाचनमा बन्गाडकुपिण्डे नगरपालिकामा एमालेका जिल्ला अध्यक्ष रहेका गोविन्दकुमार पुन र माओवादी केन्द्रका जिल्ला अध्यक्ष कर्णबहादुर बुढाथोकीबीच प्रतिस्पर्धा भएको थियो । बुढाथोकी ९३ मतान्तरले पराजय हुनु परेको थियो ।
जाजरकोटमा काँग्रेस दुई र माओबादी केन्द्र एकमा बिजयी
वासुदेव शर्मा जाजरकोट, जेठ ३ गते । जाजरकोटको कुशे, शिवालय गाउँपालिकामा नेपाली काँग्रेस, नलगाड नगरपालिकामा माओबादी केन्द्रका उम्मेदवारले पालिकाको प्रमुख निर्वाचित भएका छन् । कुशे गाउँपालिकामा काँग्रेसका उम्मेदवार हरिचन्द्र वस्नेत, शिबालय गाउँपालिकामा शेरबहादुर शाही, नलगाड नगरपालिकाको नगर प्रमुखमा नबिन रावत बिजय हुनुभएको हो । २०७४ को स्थानिय तहको निर्वाचनमा बिजय भएका बस्नेत पुन ः अध्यक्षमाा निर्वाचित हुनुभएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार एकीकृत समाजबादीका तप्तबहादुर हमाललाई पराजित गर्दै बस्नेत निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा काँग्रेसका उम्मेदवार देवीका सिह बिजय हुनुभएको छ । मत गणनाको अन्तिम मत परिणामअनुसार बस्नेतले तीन हजार ४ सय २३ मत प्राप्त गरी पालिकाको अध्यक्षमा विजय हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्दी एकीकृत समाजबादीका हमालले ३ हजार १ सय ८२ मत प्राप्त गरी पराजित हुनुभयो । त्यसैगरी उपाध्यक्षमा काँग्रेसबाट देवीका सिहले ३ हजार पाँच सय ८७ मत प्राप्त गरि बिजय हुनु भएको छ भने उहाँका निवकटतम प्रतिस्पर्धी माओबादी केन्द्रका बिकास रोकाय २ हजार नौ सय १८ मत प्राप्त गर्नुभयो । शिवालय गाउँपालिकामा काँग्रेसका शेरबहादुर शाहीले ३ हजार तीनसय तीन मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका रंगनाथ योगीले २ हजार सात सय १८ मत प्राप्त गरी पराजित हुनुभयो । त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकी गिता शाहीले २ हजार छ सय ५९ प्राप्त गरी बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नैनसरा शाहीले २ हजार चार सय ३९ मत प्राप्त गर्नुभयो । नलगाड नगरपालिकाको नगर प्रमुखमा माओबादी केन्द्रका नविन रावत बिजय हुनुभएको छ । उहाँले ५ हजार पाँचसय ९९ मत प्राप्त गरी बिजय हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका धर्मबहादुर शाहीले ३ हजार ६ सय २६ मत प्राप्त गर्नुभएको थियो । गठबन्धनबाट नगर उपप्रमुखमा काग्रेसका सरिता सिहले ५ हजार चारसय ६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका सुनिता बोहराले ३ हजार तीन सय ९३ मत प्राप्त गर्नुभएको थियो । अन्य भेरी नगरपालिकाको मत गणना जारी छ । नेकपा (एमाले) का चन्द्रप्रकास घर्र्ती पुन नगर प्रमुखमा दोहोरिने बताइएको छ ।
जाजरकोटका स्थानीय तहमा गठबन्धन विजयी
जाजरकोटको नलगाड नगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)का डम्बरबहादुर रावत निर्वाचित हुनुभएको छ । रावतका प्रतिस्पर्धी नेकपा (एमाले)का धर्मबहादुर शाहीलाई एक हजार ९७३ मतले पराजीत गर्दै निर्वाचित हुनुभएको हो ।
रुकुममा एक पुरूषको शव फेला
रूकुम पश्चिमको सानिभेरी गाउँपालिकामा एक पुरूषको शव फेला परेको छ । गाउँपालिका वडा नम्बर ९ सिम्ली बजार नजिकैको खोलामा पुरुषको शव फेला परेको हो ।
सिञ्जा अध्यक्षमा माओवादीका धिताल र उपाध्यक्षमा रोकाया विजयी
जुम्लाको सिञ्जा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्णप्रसाद धिताल र उपाध्यक्षमा सितली रोकाया जिजयी हुनु भएको हो । अध्यक्ष धितालले एक हजार नौसय ४९ मत प्राप्त गर्नु भएको छ भने उपाध्यक्ष रोकायाले एक हजार नौसय ५६ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।