• ६ जेठ २०८१, आइतबार

सल्यानको दार्मा गाउँपालिकामा माओवादीको 'क्लिन स्वीप'

blog

सल्यानको दार्मा गाउँपालिकामा अध्यक्षमा निर्वाचित निमबहादुर केसी र उपाध्यक्ष जुना मल्ल । तस्विरः प्रतिक इच्छुक शर्मा

सल्यान, जेठ ४ गते । सल्यान जिल्लाको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले क्लिन स्वीप गरेको छ । अध्यक्ष, उपाध्यक्ष र छ वटै वडा जितेर माओवादीले दार्मामा जित दर्ता गर्दै पहिलो पटक 'क्लिन स्वीप'को इतिहास रच्न सफल भएको हो  । 

अध्यक्षमा माओवादीका निम बहादुर  केसीले दोस्रो कार्यकालका लागि ४ हजार ४६४ मत ल्याएर विजयी हुनुभएको हो  । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामचन्द्र केसीले ३ हजार १४ मत ल्याउनुभएको हो । 

यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रकै जुना मल्ल ४हजार चार सय ६६ मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी उषा चन्दले २ हजार ८ सय ६४ मत ल्याउनुभएको छ ।  

६ वडा रहेको दार्मामा वडा न १ मा टंक केसी, २ मा सार्की खत्री, ३ मा पोखर बहादुर खत्री, ४ मा चन्द्र बहादुर रावत, ५ मा सुदिप केसी र ६ मा देवी खत्री निर्वाचित भएका छन् ।

Author

प्रतिक इच्छुक शर्मा