• १३ वैशाख २०८१, बिहिबार

गोलाप्रथाबाट महिला सदस्यमा तामाङ चयन

blog

राजन रावत

हुुम्ला, जेठ ३ गते । चङ्खेली गाउँपालिका –५ को महिला सदस्य गोलाप्रथाबाट चयन गरिएको छ । दुवै जना प्रतिस्पर्धीले बराबर मत ल्याएपछि गोलाप्रथाबाट महिला सदस्य चयन गरिएको हो ।

महिला सदस्यमा गोलाप्रथाबाट चयन हुनेमा नेक्पा गाउँकी बेलसरा तामाङ रहनुुभएको छ । मत बरावर आएको जानकारी निर्वाचन अधिकृतको कार्यालयबाट आएपछि गोलाप्रथाबाट आफू चयन भएको उहाँले बताउनुुभयो । उहाँ नेकपा (एमाले) को तर्फबाट उम्मेदवार रहनुभएको थियो ।

गोलाप्रथाबाट छानिन असफल नेपाली काँग्रेसकी उम्मेदवार गोरीकला तामाङबीच सो कार्य गरिएको हो । उहाँहरु दुुबै जनाले पचासी पचासी मत ल्याउनुुभएको निर्वाचन अधिकृत यामकुुमार ढकालले जानकारी दिनुभयो । मतगणना स्थलमा उहाँहरु दुुवै जना नभएको भए पनि पछि बोलाएर गोलाप्रथाबाट सो टुङ्गो लगाइएको बताउनुुभयो । 

डाँफे आधारभूत विद्यालय मतदान केन्द्रमा कुल १९६ मतदाता रहेकामा २६ मत बदर भएको थियो । गाउँपालिका केन्द्र पिप्लाङमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा एक दिन पैदल हिंडेर उहाँहरु दुुई जना आइपुुग्नुुभएको थियो । दुःख गरी पैदल हिंडेर आए पनि गोलाप्रथामा सदस्य छनाेट भएपछि खुशी लागेको उहाँले बताउनुभयो ।