• २० वैशाख २०८१, बिहिबार

जाजरकोटमा काँग्रेस दुई र माओबादी केन्द्र एकमा बिजयी

blog

वासुदेव शर्मा 

जाजरकोट, जेठ ३ गते । जाजरकोटको कुशे, शिवालय गाउँपालिकामा नेपाली काँग्रेस, नलगाड नगरपालिकामा माओबादी केन्द्रका उम्मेदवारले पालिकाको प्रमुख निर्वाचित भएका छन् । कुशे गाउँपालिकामा काँग्रेसका उम्मेदवार हरिचन्द्र वस्नेत, शिबालय गाउँपालिकामा शेरबहादुर शाही, नलगाड नगरपालिकाको नगर प्रमुखमा नबिन रावत बिजय हुनुभएको हो । 

२०७४ को स्थानिय तहको निर्वाचनमा बिजय भएका बस्नेत पुन ः अध्यक्षमाा निर्वाचित हुनुभएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार एकीकृत समाजबादीका तप्तबहादुर हमाललाई पराजित गर्दै बस्नेत निर्वाचित हुनुभएको छ । 

उपाध्यक्षमा काँग्रेसका उम्मेदवार देवीका सिह बिजय हुनुभएको छ । मत गणनाको अन्तिम मत परिणामअनुसार बस्नेतले तीन हजार ४ सय २३  मत प्राप्त गरी पालिकाको अध्यक्षमा विजय हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्दी एकीकृत समाजबादीका हमालले ३ हजार १ सय ८२ मत प्राप्त गरी पराजित हुनुभयो । 

त्यसैगरी उपाध्यक्षमा काँग्रेसबाट देवीका सिहले ३ हजार पाँच सय ८७ मत प्राप्त गरि बिजय हुनु भएको छ भने उहाँका निवकटतम प्रतिस्पर्धी माओबादी केन्द्रका बिकास रोकाय २ हजार नौ सय १८ मत प्राप्त गर्नुभयो । 

शिवालय गाउँपालिकामा काँग्रेसका शेरबहादुर शाहीले ३ हजार तीनसय तीन मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका रंगनाथ योगीले २ हजार सात सय १८ मत प्राप्त गरी पराजित हुनुभयो । त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकी गिता शाहीले २ हजार छ सय ५९ प्राप्त गरी बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नैनसरा शाहीले २ हजार चार सय ३९ मत प्राप्त गर्नुभयो । 

नलगाड नगरपालिकाको नगर प्रमुखमा माओबादी केन्द्रका नविन रावत बिजय हुनुभएको छ । उहाँले ५ हजार पाँचसय ९९ मत प्राप्त गरी बिजय हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका धर्मबहादुर शाहीले ३ हजार ६ सय २६ मत प्राप्त गर्नुभएको थियो । गठबन्धनबाट नगर उपप्रमुखमा काग्रेसका सरिता सिहले ५ हजार चारसय ६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्दी  एमालेका सुनिता बोहराले ३ हजार तीन सय ९३ मत प्राप्त गर्नुभएको थियो । अन्य भेरी नगरपालिकाको मत गणना जारी छ । नेकपा (एमाले) का चन्द्रप्रकास घर्र्ती पुन नगर प्रमुखमा दोहोरिने बताइएको छ ।