• ६ वैशाख २०८१, बिहिबार

सिञ्जा अध्यक्षमा माओवादीका धिताल र उपाध्यक्षमा रोकाया विजयी

blog

नेत्र शाही

जुम्ला, जेठ २ गते ।  जुम्लाको सिञ्जा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्णप्रसाद धिताल र उपाध्यक्षमा सितली रोकाया जिजयी हुनु भएको हो ।

अध्यक्ष धितालले एक हजार नौसय ४९ मत प्राप्त  गर्नु भएको छ भने उपाध्यक्ष रोकायाले एक हजार नौसय ५६ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, प्रत्यासी नेपाली कांग्रेसका नन्दराम बुढाले एक हजार आठ सय ३१ मत  प्राप्त गर्नुभएको छ र यसैगरी प्रत्यासी उपाध्यक्ष नेपाली कांग्रेसकै रजनकली शाहीले एक हजार ६९ मत प्राप्त गर्नुभएको छ । 

सिञ्जा गाउँपालिका २०७४ सालमा पनि नेपाली कांग्रेसका देवलसिंह रावल र एमालेका जन्मकन्य खत्री विजयी हुनुभएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार सिञ्जा गाउँपालिकामा ६ हजार १९५ मत खसेको थियो ।