• १३ वैशाख २०८१, बिहिबार

चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी

blog

मुना हमाल

सुर्खेत, जेठ ३ गते । चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । गाउँपालिका अध्यक्षमा एमालेका बोधविक्रम जिसी  र उपाध्यक्षमा मिनाकुमारी रोकाय विजयी हुनुभएको हो । 

अध्यक्षमा जिसिले तीन हजार ५९१ मत ल्याउनु भएको छ । उहाँका प्रतिष्पर्धी नेपाली काँग्रेसका डोरप्रसाद शर्माले तीन हजार ५३० मत ल्याउनुभयो ।  

यस्तै उपाध्यक्ष रोकायले तीन हजार ५८१ मत ल्याउनुभएको छ । उहाँका प्रतिष्पर्धी काँग्रेसका मनमाया आचार्यले तीन हजार ४६९ मत ल्याएर पराजित हुनुभयो । छ वटा पालिका रहेको सो गाउँपालिकामा एमाले र काँग्रेसले तीन तीन वटामा जित हासिल गरेका छन् ।   

वडा नं १ मा एमालेका टेकबहादुर रजाली विजयी हुनुभएको छ । उहाँले ६८२ मत ल्याएर वडा अध्यक्षमा विजयी हुनुभयो । वडा नं ४ मा एमालेका टेकबहादुर रानाले ६०१ मत ल्याएर वडा अध्यक्षमा विजयी हुनु भएको छ । वडा नं ५ मा एमालेकै लालबहादुर जिसीले ५३० मत ल्याएर वडा अध्यक्षमा विजयी हुनु भएको छ । 

यस्तै, वडा नं २ मा काँग्रेसका प्रेमबहादुर खड्का विजयी हुनुभएको छ । उहाँले ६९५ मत ल्याएर वडा अध्यक्षमा विजयी हुनुभयो । वडा नं ३ मा काँग्रेसकै वीरबहादुर जिसीले ७२१ मत ल्याएर वडा अध्यक्षमा विजयी हुनुभयो । यस्तै, वडा नं ६ मा काँग्रेसका भिमबहादुर बुढाले ५१४ मत ल्याएर वडा अध्यक्ष विजयी हुनुभयो ।