• १४ वैशाख २०८१, शुक्रबार

मुगुको कार्मारोङ गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

blog

हरिकृष्ण ऐडी

मुगु,  जेठ २ गते। मुगुको कार्मारोङ गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका छिरिङ क्याप्ने लामा  विजयी हुनुभएको छ। उपाध्यक्षमा भने नेकपा (एमाले)का छिरिङ पुटिक लामा विजयी हुनुभएको छ। 

अध्यक्ष लामाले एक हजार ५ सय ७१ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष पुटिकले एक हजार ५ सय ६१  मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

अध्यक्षका प्रत्यासी एमालेका सोनाम लामाले एक हजार चार सय ८१ र गठबन्धनको तर्फबाट नेकपा माओवादीका  उपाध्यक्ष उम्मेदवार  गुरु स्याङग्याप लामाले एक हजार तीन सय ८५ मत प्राप्त गर्नुभएको छ।

लामा २०७४ सालमा पनि गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो। उक्त गाउँ पालिकामा जम्मा तीन हजार एकसय  मत खसेको हो।