जाजरकोटको जीप दुर्घटनामा मृतक तीनै जनाको सनाखत
जिल्लाको जुनीचाँदे गाउँपालिमा जीप दुर्घटनामा परी मृत्यु हुने तीनै जनाको सनाखत भएको छ ।
जाजरकोटमा जिप दुर्घटना, दुईको मृत्यु, नौ जना घाइते
जाजरकोटको जुनिचाँदे– ५ बलेपुइना नजिक जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको र पाँच जना सामान्य भएको प्रहरीले जनाएको छ ।
हुम्लामा सुुपथ मुख्यमा तेल र मैदा बिक्री
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको सिमकोट शाखाबाट खाने तेल र मैदा बिक्री गरेको छ । उपभोक्ताको मागलाई ध्यानमा राखी लिमीटेडको प्रादेशिक कार्यालयद्वारा उपलब्ध भएको उक्त तेल र मैदा बिक्री गरिएको हो ।
हुम्लामा मोतिबिन्दुको शल्यक्रिया
हुुम्ला जेठ २६ गते । दुुई दिनसम्म सञ्चालन भएको आँखा शिविरमा ४५ जनाले आँखाको मोतिबिन्दुका बिरामीको शल्यक्रिया भएको छ । काठमाडौंको तिलगङ्गा आँखा अस्पतालको आर्थिक सहयोग तथा आँखा अस्पताल हुुम्लाको समन्वयमा उक्त शिविर सञ्चालन भएको हो । अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराको अनुुसार आँखा शिविरमा ४८ जनाको आँखाको शल्यक्रिया भएकोमा त्यसमा ४५ जनाको मोतिबिन्दु र अन्य तीन जनाको सामान्य शल्यक्रिया भएको छ । उहाँले शिविरमा कुल ६३७ जनाको आँखाको सामान्य जाँच भएकोमा एक सय जनालाई निःशुुल्क चश्मा वितरण गरिएको बताउनुुभयो । शिविरका संयोजक नाम्ख्याल लामाले उपचारका लागि आउने बिरामी मध्य अधिकांशमा मोतिबिन्दुका बिरामी रहेको बताउनुुभयो । उहाँले हुुम्लामा यो रोग बढी पाइएको बताउदै अधिकांश बृद्धबृद्धामा यो रोग पाइएको बताउनुुभयो । उहाँले शिविरमा गरिएका शल्यक्रिया सबै सफल रहेको र दुुई जना बिरामीको उपचार भने गर्न नसकिएको बताउनुुभयो । शिविरमा उपचार गर्ने बालबालिकादेखि युवायुवतीसम्म सहभागी हुनुुभएको थियो ।
जाजरकोट जिससमा सत्ता गठबन्धन विजयी
जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी भएको छ । सता गठबन्धन दलको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका कालीबहादुर खत्री र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दलबहादुर सिंह विजयी हुनु भएको छ ।
मृतक पक्ष र प्रहरी बीचमा सहमतिः पाँच दिनपछि शव उठाउने
शिवराज ढुंगाना मंगलसेन, जेठ २५ गते । मृतक पक्ष र प्रहरीबीचमा सहमति भएपछि पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाहीको पाँच दिनपछि शवको परीक्षण हुने भएको छ । शव परीक्षण, किटानी जाहेरी दर्ता र अनुसन्धान गर्नेमा मृतकका दाजु डम्बरबहादुर शाही र अछाम प्रहरीका प्रहरी निरीक्षक कैलाश विष्टबीचमा सहमति पत्रमा हस्ताक्षर भएपछि शव उठाउन पीडित पक्ष सहमत भएको हो । मृतका आफन्त र प्रशासनबीच शवको परीक्षण गर्ने, घटनाको छानबिन गर्ने र आवश्यकताअनुसार कानूनी कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा सहमति भएपछि शव उठाउन लागिएको प्रहरी निरीक्षक विष्टको भनाइ छ ।प्रहरीले किटानी जाहेरी नलिएको भन्दै पीडित पक्षले शवको परीक्षण गर्न नमानेपछि हराएको सात र मृत फेला परेको चौंथो दिनमा विनोदको शव घटनास्थलमै रहेको थियो । हत्याराको कानूनी कार्वाहीको सुनिश्चितता नभएसम्म शव उठान पीडित पक्ष सहमति भएको थिएन । कार्वाही गर्न सभामुखको निर्देशन सभामुख अग्निप्रसाद सापकोटाले पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको घटनाका दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिनुभएको छ । बुधबारको प्रतिनिधिसभामा बैठकमा घटनाका बारेमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल सरकारलाई कार्वाही प्रक्रिया अघि बढाउन सभामुखले निर्देशन दिनुभएको हो ।
अपाङ्गता भएका युवा-युवतीलाई सिलाइ कटाइ तालिम
अपाङ्गता भएका युवा-युवतीलाई सिलाइ कटाइ तालिम प्रदान गरिएको छ । हालसम्म बेरोजगार रहँदै आउनु भएका उक्त समुहका युवा-युवतीलाई स्वरोजगारी सृजना गर्न उक्त तालिम प्रदान गरिएको हो ।
स्वास्थ्य शिविर सञ्चालन
जाजरकोटको शिवालय गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटले आयुर्वेद तथा योगसम्बन्धी निःशुल्क स्वाथ्य शिविर सञ्चालन गरेको हो । शिविरमा २५० जनाले स्वाथ्य परीक्षण गराएका छन् ।
हुम्लामा ३० प्रतिशत रोपाइँ सम्पन्न
हुुम्लामा तीस प्रतिशत मार्सी धान रोप्ने कार्य भएको छ । असार नलाग्दै किसानलाई रोपाइँको चटारो सुुरु भएको हो । जिल्लाका सात मध्ये ६ वटा गाउँपालिकामा धान खेती हुने गरेको छ ।