जबरजस्ती करणी मुद्दामा एक प्रतिवादी पक्राउ
जबरजस्ती करणी मुद्दा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भेरी नगरपालिका १ रिम्नाका ४८ वर्षीय खिमबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो ।
सात वर्षीया बालिकाको शव भेटियो
चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी सात वर्षीया बालिका ग्रीस्मा विकको मृत अवस्थामा शव फेला परेको हो ।
दश हजार क्वीन्टल खाद्यान्न माग
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले सिमकोटस्थित गोदामका लागि दश हजार क्वीन्टल खाद्यान्न माग गरेको छ । चालुु आर्थिक वर्षको निर्धारित कोटाको खाद्यन्नले नपुुग्ने निष्कर्ष जिल्ला खाद्य ब्यवस्थापन समितिले निकाल्दै सो खाद्यन्न माग गरिएको हो ।
फोन गर्न रुख चढ्छन् लुमवासी
देशभर द्रुत गतिको इन्टरनेट सेवा पु-याउने सरकारी नीति भए पनि मुगु सदरमुकाम वरपर सहज माबाइल सेवाबाट समेत वञ्चित छन् । मोबाइल नेटवर्कले प्रभावकारी काम नगर्दा टेलिफोन सम्पर्कका लागि समेत अग्लो डाँडा र रुखमा च
किवी खेतीमा आकर्षण
किवी खेतीतर्फ दैलेखका किसानको आकर्षण बढेको छ । पछिल्लो समय किवी खेती गर्ने किसान दिनानुदिन बढ्दै छन् । जिल्लाको भैरवी गाउँपालिका, नौमुले गाउँपालिका र गुराँस गाउँपालिकाका किसान सङ्गठित भएर किवी खेती सुरु गरेका छन् ।
रोडिकोटमा भेटियो तिब्बती भाषाको शिलापत्र
सर्केगार्ड गाउँपालिका –७ को रोडिकोट गाउँको धान रोप्ने खेतमा तिब्बती भाषाको शिलापत्र भेटिएको छ । खेत किनारको भत्किएको ढुुङ्गाको पर्खालमा सो शिलापत्र भेटिएको हो ।
रुकुम–पश्चिमका कार्यपालिकाले पाए पूर्णता
रुकुम पश्चिमका ६ वटै स्थानीय तहका कार्यपालिकाले पूर्णता पाएको छ । पछिल्लो पटक मुसीकोट नगर कार्यपालिकाले पूर्णता पाएसँगै जिल्लाका सबै स्थानीय तहको कार्यपालिका पूर्णता पाएका हुन् ।
बाजुरामा खानेपानी हाहाकार
बाजुरामा बाढीपहिरोको कारण मुहान सुक्खा भएपछि अहिले त्यहाँका स्थानीयहरुलाई खानेपानीको हाहार भएको छ । गत जेठ , असार र साउँनमा आएको अविरल वर्षात्का कारण खानेपानीको मुहानमा पहिरो जाँदा ती मुहान अहिले सुक्दै गएका छन् ।
विश्व वातावरण दिवसमा निबन्ध प्रतियोगिता
विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा कर्णाली माविका छात्र धिराज शाही प्रथम हुनु भएको छ । १६ जना प्रतिष्पर्धीलाई उछिन्दै शाही प्रथम हुन सफल हुनु भएको हो ।