निर्वाचन खर्च बुझाउन ताकेता
वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधि र उम्मेदवारमध्ये निकै कमले निर्वाचन खर्च बुझाएकाले बाँकी रहेकाहरूलाई छिटो बुझाउन निर्वाचन आयोगले ताकेता गरेको छ । निर्वाचन कार्यालयले सो खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको लामो समय भए पनि कम उम्मेदवार र जनप्रतिनिधिले मात्र खर्च विवरण बुझाएको जनाउँदै तत्काल बुझाउन निर्देशन दिएको हो ।
वीरेन्द्रनगरमा बर्डफ्लू भेटियो
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बर्डफ्लू भेटिएको छ । वीरेन्द्रनगरमा एक कृषकले व्यावसायिक रुपमा पालेको टर्कीहरु मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लू भएको पुष्टी भएको हो ।
निवर्तमान जनप्रतिनिधिलाई सम्मान
सिमकोट गाउँपालिकाको आयोजनामा निवर्तमान जनप्रतिनिधिलाई सम्मान गरिएको छ । पाँच वर्षे कार्यकाल सफलतापुूर्बक सम्पन्न गरेको र गाउँपालिकाको बिकासका लागि गरेको योगदानको कदर गर्दै सो सम्मान गरिएको हो ।
उच्च शिक्षा अध्ययनमा मुक्त कमलरीलाई समस्या
उच्च शिक्षा अध्ययनसँगै छात्रावास सुविधाका लागि बजेट कटौती हुँदा समस्यामा परेको मुक्त कमलरीहरुले बताएका छन् । मुक्त कमलरी विकास मञ्चले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुक्त कमलरीहरुले शिक्षा र छात्रावासका लागि बजेटको व्यवस्था गरिदिन सरकारसँग माग गरेका हुन् ।
हुम्लाकाे मासपुरमा खाद्यान्न नपाएको गुनासो
जिल्लाको दुर्गम मानिने मासपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यन्न हालसम्म नपाएको स्थानीयले गुनासो गरेको छ । लिमिटेडको खाद्यन्न बिक्री केन्द्र पुग्न एक दिन लाग्ने र खाद्यन्न बिक्री बितरण बारे मासपुरवासीलाई जानकारी नहुने गरेको भन्दै खाद्य समस्या हुने गरेको स्थानीयहरुको गुनासो छ ।
मनपरी भाडा असुल्दै यातायात व्यवसायी
कालीकोटमा यातायात व्यवसायीले मनपरी भाडा असुलिरहेको पाइएको छ । कालीकोट सदरमुकाम मान्मबाट देशका विभिन्न क्षेत्रमा चल्ने यातायातका साधनमा मनपरी भाडा लिएको पाइएको हो । कालीकोटको जितेबाट सुर्खेत जाँदै गर्नुभएका सान्नीत्रिवेणी– ६, का मुक्तिप्रसाद सज्यालले विभिन्न यातायात समितिको भाडा दर फरक-फरक रहेको बताउनुभयो ।
सुर्खेतमा जीप दुर्घटना : एक जनाको मृत्यु
सुर्खेत दैलेख सडकखण्डको कपासे नजिकै बोलेरो जीप दुर्घटनामा परेको छ।
भेरी–बबई डाइभर्सन आयोजना सकिन तीन वर्ष लाग्ने, ५६ प्रतिशत काम सम्पन्न
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म समष्टिगत भौतिक प्रगति ५६ प्रतिशत भएको छ ।
आँगनमै खानेपानी पाउँदा भुरचौरबासीलाई राहत
जाजरकोटको भेरी नगरपालिका १० भुरचौरबासी लिप्टबाट घरआँगनमै खानेपानी आएपछि खुसी भएका छन् । गत वर्षदेखि सञ्चालित लिप्ट खानेपानी आयोजनाको पानी घर आँगनमै पाउँदा भुरचौरबासी खुसी भएका हुन् ।