• ८ वैशाख २०८१, शनिबार

वीरेन्द्रनगरमा बर्डफ्लू भेटियो

blog

फाइल तस्विर

नविन सुवेदी

सुर्खेत, असार ९ गते । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बर्डफ्लू भेटिएको छ । वीरेन्द्रनगरमा एक कृषकले व्यावसायिक रुपमा पालेको टर्कीहरु मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लू भएको पुष्टी भएको हो । 

एकै दिन एक सय टर्की मरेपछि कृषकले पशुपन्छी विकास निर्देशनालयलाई जानकारी गराउनु भएको छ । ‘फर्ममा पालेका टर्की मरेपछि सञ्चालकले हामीलाई खवर गर्नुभएको थियो,’ निर्देशनालयका सूचना अधिकारी कृष्णप्रसाद चपाइँले बताउनुभयो । पशुपन्छी तथा रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लू पुष्टी भएको उहाँले बताउनुभयो । पशु चिकित्सकको टोली त्यो क्षेत्रमा गएर थप अनुसन्धान गर्नेभएको छ । 

सूचना अधिकारी चपाइँकाअनुसार सो फर्ममा करिव साना–ठूला एक हजार पाँचसय टर्की छन् । फर्ममा रहेका सबै टर्की प्रक्रियाअनुसार मार्ने तयारी भइरहेको चपाईँले बताउनुभयो । बर्डफ्लू देखिएको केन्द्रदेखि चारैतर्फको पाँचसय मिटर दूरीका सबै पन्छी नष्ट गर्न लागेको उहाँको भनाई छ ।