• १५ चैत २०८०, बिहिबार

सुर्खेतमा जीप दुर्घटना : एक जनाको मृत्यु

blog

दर्घटनामा परेको जीप।

नवीन सुवेदी 
सुर्खेत, असार ८ गते। 
सुर्खेत दैलेख सडकखण्डको कपासे नजिकै बोलेरो जीप दुर्घटनामा परेको छ। अछाम र दैलेख सीमानामा पर्ने असराघाटस्थित कर्णाली नदीको बहाव मापन केन्द्रको अवस्था बुझेर फर्किदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासे नजिकको मोडमा दुर्घटनामा परेको हो।

बा १ झ ८७८४ नम्बरको बोलेरो जीप सडकबाट करिब २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेसीमलका एसपी विमल डाँगीले जानकारी दिनुभयो । 

उहाँका अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका २ का २८ वर्षीय धर्म बुढाथोकीको मृत्यु भएको पुष्टि जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले जानकारी दिनुभएको छ। बुढाथोकी जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरमा इन्जिनयर हुनुहुन्थ्यो ।

उहाँका अनुसार दुर्घटनामा टिकापुर नगरपालिका २ कैलाीका २७ वर्षीय इन्जिनियर जल विज्ञान सहायक सरस्वती विष्ट, कोहलपुर नगरपालिका २ बाँके घर भएका सवारी चालक कोहलपुरका बाबुराम गुरुङ्ग र तुर्माखाँद गाउँपालिका २ अछामका २७ वर्षीय तुलसीकुमारी कुमारी रावत बिसी र उहाँका तीन वर्षीय छोरी दिदसा बुढा घाइते हुनुभएको छ। उहाँहरुको अवस्था सामान्य रहेको पराजुलीले जानकारी दिनुभयो। 

घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पाँच दिन अघि खोलामा राखिएको बाढीको मापन गर्न फिल्डमा निस्किएको र सुर्खेत रातानाङ्गालामा रहेको मौसमी राडरको पनि अनुगमन गरेर फर्कदै गर्दा दुःखद् घटना भएको पराजुलीले बताउनुभयो।  

ओभर स्पीडका कारण जीप दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाए पनि यसबारे गप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।