पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना पक्राउ
ग्रेट हिमालयन ट्रेलको यात्रा गर्दै गर्नु भएका एक जना पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नाम्खा गाउँपालिका–५ को नारा लेखबाट हिल्सा जादै गरेका पर्यटकबाट सडकमा काम गर्ने कामदारले लुटपात गर्न खाजेका हुन ।
कर्णाली लोकमार्गको यात्रा कष्टकर
कर्णाली लोकमार्गको यात्रा भन्ने बित्तिकै हिउँदमा धूलो र वर्षामा हिलोको कष्ट नै यात्रुको दिमागमा आउँछ । सुर्खेतको वाङ्गेसिमलबाट जुम्लासम्म २३२ किलोमिटर सडक छ । कालीकोट सदरमुकाम मान्मसम्म १४७ किलोमिटर सडक पर्दछ । बाँकी ८५ किलोमिटर सडक कालीकोटबाट जुम्लासम्म हो । कर्णाली लोकमार्गमा सबैभन्दा डर लाग्दो दैलेख खण्डको सियाला, पादुका, साङगे बजार, राकम क्षेत्रमा पर्दछ । कालीकोटको गगनेखोला, सेरीघाट, मेग्रखोला, तल्लो माथिल्लो सुनारखोला, पिली टाकुल्ला खोलामा दैनिक नागरिकले दुःख पाउँदै आएका छन् । लोकमार्गका दुई दर्जनभन्दा बढी स्थानमा वर्षात्को समयमा सडक अवरोध हुने गरेको छ ।
रारामा दोस्रो म्याराथन दौड प्रतियोगिता हुँदै
मुगुको रारामा दोस्रो म्याराथन दौड प्रतियोगिता हुने भएको छ । श्रीबक्स गुल्म रारा हुटुको आयोजनामा असार २२ गते हुने गुल्मले जनाएको छ ।
भेटियो चुनढुङ्गाको खानी !
खार्पुनाथ गाउँपालिका–१, सुनाखाडा र लालीबगर क्षेत्रमा चुनढुङ्गाको खानी रहेको अनुमान गरिएको छ । कर्णाली कोरिडोरको सडक निर्माण गर्ने क्रममा चुनढुङ्गा निस्किएपछि त्यहाँ खानी भएको अनुमान गरिएको हो । नेपाली सेनाको कर्णाली कोरिडोर विकास निर्माण कार्यदलका सेनानी इन्जिनियर प्रेम खत्रीले उक्त क्षेत्रमा ठूलो परिमाणमा चुनढुङ्गाको खानी भेटिएको बताउनुभयो ।
निर्वाचनको मिति तोकिएपछि भारत गएका फेरि गाउँ फर्किँदै
मदतान गरेर मतगणना नुहँदै रोजगारका लागि भारत गएका बूढीगङ्गा नगरपालिकाका स्थानीयबासी फेरि यती बेला धमाधम गाउँ फर्किन थालेका छन् ।
चट्टानी भीर काट्दै नेपाली सेना
कर्णाली कोरिडोरको हुम्ला सडकखण्ड अन्तर्गत स्याल्तडी–लालीबगरको कडा चट्टानी भीरमा ट्र्याक खोल्ने कार्यलाई नेपाली सेनाले तीव्र पारेको छ । सो खण्डमा सेनाले चट्टान विस्फोट गर्दै मेसिन र कामदारद्वारा एकसाथ निर्माण कार्य अगाडि बढाएको छ ।सडकका राजेश रोकायाले बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म काम भइरहेको बताउनुभयो ।
भूतको डरले स्वास्थ्य केन्द्रमा हुँदैनन् सुत्केरी
हुम्लाको काराङ गाउँका गर्भवतीले सबै परीक्षण नियमित रूपमा स्वास्थ्य केन्द्रमा पुगेर गराउँछन् तर घरगोठमै बच्चा जन्माउने गरेका छन् । काराङ गाउँबाट डेढ घन्टाको दूरीमा स्वास्थ्य केन्द्र छ । गर्भावस्थामा गराउनुपर्ने सबै परीक्षण गराए पनि प्रजननका लागि स्वास्थ्य केन्द्र जान मान्दैनन् ।
जीर्ण काठेपुलमाथि गाडी गुडाउँदा दुर्घटनाको डर
सिमकोट र नाँम्खा गाउँपालिकाको सिमाना हेक्पा खोलामा जोखिम उठाएर गाडी चालकलाई गाडी गुडाउनुु पर्ने बाध्यता रहेको छ । दुुई वर्ष अघि गाडी गुडाउन निर्माण गरिएको काठेपुुल जिर्ण हुँदै गएपछि यस्तो बाध्यता आइलागेको हो ।
पाँच दिनपछि अबरुद्ध हवाई सेवा सुुचारु
पाँच दिनदेखि अबरुद्ध रहेको कर्णालीका हिमाली जिल्लाहरुमा अबरुद्ध रहेको हवाई सेवा सुुचारु भएको छ । लगातार आन्तरिक रुढको मौसम सफा नभएको हवाई सेवा अबरुद्ध रहदै आएकोमा बिहीबार सुुधार आएपछि हवाई सेवा सुचारु भएको हो ।