• १८ असार २०८१, मङ्गलबार

जीर्ण काठेपुलमाथि गाडी गुडाउँदा दुर्घटनाको डर

blog

जिर्ण भएको काठेपुलमा गुड्दै बोलेरो जीप । तस्बिर : राजन रावत

राजन रावत

हुुम्ला, असार १७ गते । सिमकोट र नाँम्खा गाउँपालिकाको सिमाना हेक्पा खोलामा जोखिम उठाएर गाडी चालकलाई गाडी गुडाउनुु पर्ने बाध्यता रहेको छ । दुुई वर्ष अघि गाडी गुडाउन निर्माण गरिएको काठेपुुल जीर्ण हुँदै गएपछि यस्तो बाध्यता आइलागेको हो । 

बिकास निर्माणका योजनाको अनुुगमन गर्न जानुु भएका प्रमुख जिल्ला अधिकारी सीता परियारले हेक्पा खोलाको काठेपुुल जीर्ण हुँदैगएको बताउनुुभयो । यसलेगर्दा उक्त जिर्ण काठेपुुलमा गाडी गुडाउन चालकलाई समस्या भएको बताउँदै उहाँले काठेपुल माथि राखिएका काठ सवै हल्लीने भएका कारण गाडी नै खोलामा खस्ने डर भएको बताउनुुभयो । 

पुुलका लागि राखिएको काठ माथि राखिएका काठमा टुुक्रामा ठोकिएका किला समेत उप्किएका छन् ।  तारले बाँधिएका काठ पनि खुकुुलो भएर हल्लिने भएका छन् । पुुलको बीचमा राखिएका काठहरु भाँच्चिएका छन् । यात्रुु ओभराज शाहीले दैनिक रुपमा बोलेरो जीप, ट्याक्टर र टिप्परहरु सो पुुलमाथि गुुड्नेगरेको बताउनुुभयो । 

पुुल जीर्ण  हुँदैगएको कारण कुनै पनि बेला दुर्घटना निम्तिन सक्ने भएका कारण यसलाई सरोकारवाला पक्षले मर्मत गर्नुपर्ने उहाँले बताउनुुभयो । सो पुुलमा एउटा मात्र गाडी गुड्नेगरी संरचना निर्माण गरिएको छ । दुुई वर्ष अघि पुर्वाधार बिकास कार्यालयले अस्थायी रुपमा यातायात सुचारु गर्न सो पुल निर्माण गरेको थियो । सो पुुल कर्णाली करिडोरको सिमकोट हिल्सा सडकखण्ड अन्तर्गत पर्छ ।