• १२ वैशाख २०८१, बुधबार

निवर्तमान जनप्रतिनिधिलाई सम्मान

blog

राजन रावत

हुुम्ला, असार ९ गते । सिमकोट गाउँपालिकाको आयोजनामा निवर्तमान जनप्रतिनिधिलाई सम्मान गरिएको छ । पाँच वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको र गाउँपालिकाको विकासका लागि गरेको योगदानको कदर गर्दै सो सम्मान गरिएको हो । 

गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले नयाँ कार्यको सुरुवात गर्दै कार्यपालिकाका निवर्तमान सबै सदस्यलाई सम्मान गरिएको बताउनुुभयो । कतिपय स्थानमा पूर्व र वर्तमान जनप्रतिनिधिहरुकाबीच तिक्तता हुनेगरेका बेला सिमकोट गाउँपालिकाले सम्मान कार्यक्रम आयोजना गरेको हो । उहाँले पूर्व जनप्रतिनिधिहरुले गाउँपालिकाका लागि पु¥याएको योगदान र आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा सम्मान गरिएको बताउनुुभयो । 

यसलाई आफुूले कर्तव्य र दायित्वका रुपमा पनि लिएको बताउनुुभयो । उहाँले एउटा असल संस्कारको थालनी पनि भएको र भोलि आउने नयाँले पनि यस्ता कुरा सिक्न आवश्यक रहेको बताउनुुभयो । निवर्तमान जनप्रतिनिधिहरुले गरेको रचनात्मक कार्यलाई अनुुशरण गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सम्मानित भएपछि निवर्तमान गाउँपालिका अध्यक्ष पदमबहादुुर लामाले सीमित साधन स्रोतका बावजुद्ध काम गर्नुपरेकाले गुनासो सुनाउँदै गाउँपालिकाको विकासका लागि सधै आफुू सुुझाव सल्लाह दिन पछि नपर्ने बताउनुुभयो । आफ्नो कार्यकालका केही अधुुरा कार्यलाई निरन्तरता दिएर अगाडि बढ्न वर्तमान जनप्रतिनिधिलाई सुुझाव समेत दिनुुभयो । 

पूर्व अध्यक्ष लामा र उपाध्यक्ष बली रावतलाई अध्यक्ष भण्डारीले सम्मानपत्र प्रदान गर्नुभयो । त्यसैगरी १४ जना अन्य कार्यपालिकाका सदस्यलाई पनि सम्मानपत्र प्रदान गरिएको छ । कार्यक्रममा उपाध्यक्ष सुशीला भाम रोकायाको पनि सहभागिता थियो ।