जाजरकोटका स्थानीय तहमा गठबन्धन विजयी
जाजरकोटको नलगाड नगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)का डम्बरबहादुर रावत निर्वाचित हुनुभएको छ । रावतका प्रतिस्पर्धी नेकपा (एमाले)का धर्मबहादुर शाहीलाई एक हजार ९७३ मतले पराजीत गर्दै निर्वाचित हुनुभएको हो ।
रुकुममा एक पुरूषको शव फेला
रूकुम पश्चिमको सानिभेरी गाउँपालिकामा एक पुरूषको शव फेला परेको छ । गाउँपालिका वडा नम्बर ९ सिम्ली बजार नजिकैको खोलामा पुरुषको शव फेला परेको हो ।
सिञ्जा अध्यक्षमा माओवादीका धिताल र उपाध्यक्षमा रोकाया विजयी
जुम्लाको सिञ्जा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्णप्रसाद धिताल र उपाध्यक्षमा सितली रोकाया जिजयी हुनु भएको हो । अध्यक्ष धितालले एक हजार नौसय ४९ मत प्राप्त गर्नु भएको छ भने उपाध्यक्ष रोकायाले एक हजार नौसय ५६ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बाँफिकोट गाउँपालिका अध्यक्षमा कांग्रेसका बाँठा विजयी
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस उम्मेदवार जनककुमार बाँठा विजयी हुनुभएको छ । उहाँले ४ हजार ४५५ मत ल्याएर जित हाँसिल गर्नुभएको हो ।
कालीकोटको तीन स्थानीय तहको नतिजा सार्वजनिक
कालीकोटका नौ स्थानीय तहमध्ये तीन स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका र पलाँला गाउँपालिका गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको हो ।
नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादीका प्रेम र उपाध्यक्षमा कांग्रेसका तकदिर विजयी
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका प्रेम लामा र उपाध्यक्षमा नेपाली काँग्रेसका तकदिर लामा विजयी हुनु भएको छ । उहाँहरु दुुवै गठबन्धन दलका तर्फबाट निर्वाचित हुनु भएको हो ।
कपुरकोट गाउँपालिका अध्यक्षमा समाजवादी र उपाध्यक्षमा माओवादी केन्द्र विजयी
कपुरकोट गाउँपालिका सल्यानको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र र एकिकृत समाजवादी गठबन्धनका उम्मेदवारहरुले जित हासिल गरेका छन् । गठबन्धनबाट एकिकृत समाजवादीका दुर्गा बहादुर पुन ३१६० मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको छ ।
सल्यान शारदा नगरपालिकामा प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
शारदा नगरपालिकामा प्रमुख तथा उपप्रमुख पदमा कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका प्रकाश भण्डारी र उपप्रमुखमा सुष्मिता सापकोटा विजयी हुनु भएको हो । भण्डारीले ६ हजार २ सय १७ मत ल्याउनु भएको हो ।
मत परिणाम आउने क्रम जारी
कर्णाली प्रदेशको स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ । यस प्रदेशका अधिकांश स्थानीय तहमा मतगणना जारी छ, केहीमा सम्पन्न भएको छ, केहीमा पुनः मतदान हुँदैछ भने केहीमा विवादका कारण मतगणना स्थगित गरिएको छ ।