रानीवनमा वृक्षारोपण
विश्व बातावरण दिवसको अवसरमा नेपाली सेनाको बराह दल गुल्म रानीवनमा वृक्षारोपण गर्ने कार्यक्रम भएको छ । रानीवनको खाली पाखो क्षेत्रमा बिभिन्न जातका वृक्षारोपण गरिएको हो ।
तेब्बर भाडा असुल्दै व्यवसायी मर्कामा यात्रु, प्रशासन मौन
यातायात व्यवसायीले कर्णाली कोरिडोरको हुम्ला खण्डको सलीसल्ला–कवाडी र बाजुराको कोल्टीसम्मको निर्धारित भाडादरभन्दा तेब्बर बढी असुल्ने गरेका छन् । इन्धनको मूल्य वृद्धि भएको बहानामा व्यवसायीले सरकारीस्तरबाट निर्धारण गरिएको भाडादरभन्दा तेब्बर असुल्ने गरिएको हो । सरकारले डिजलको मूल्य घटाए पनि कर्णाली कोरिडोरमा यातायात सञ्चालन गर्ने व्यवसायीले मनोमानी रूपमा भाडा असुल्दा स्थानीय प्रशासन मौन रहने गरेको छ ।
उत्कृष्ट काम गर्ने कर्मचारी सम्मानित
मतदान केन्द्रदेखि जिल्लामा स्थानीय तह निर्वाचन २०७९ मा खटिएर उत्कृष्ट काम गर्ने कर्मचारीहरु सम्मानित हुुनुुभएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई सम्मानस्वरुप जिल्ला प्रशासन कार्यालयले प्रशंसापत्र प्रदान गरेर सम्मान गरेको हो ।
आर्थिक अभावमा छटपटाइरहेका छन् मिर्गाैलापीडित खत्री
नेत्र शाहीजुम्ला, जेठ २१ गते । जुम्ला तातोपानी गाउँपालिका २ निवासी ३० वर्षीय मानबहादुर खत्री आर्थिक अभावमा उपचारविहीन हुनुभएको छ । खत्रीका दुबै मिर्गाैलाले काम नगरेपछि उपचार खर्च जुटाउन नसकेर घरमै बसिरहुनभएको हो । घरको आर्थिक अवस्था कमजोर भएको र दुबै मृगौला प्रत्यारोपणका लागि लाखौँ रकम आवश्यक पर्ने भएकाले सहयोग गर्न उहाँले सबैमा अपिल गर्नुभएको छ ।
निर्वाचन खर्च विवरण बुझाउन आग्रह
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ मा भाग लिएका उम्मेदवारलाई निर्वाचनमा भएको खर्चको विबरण बुझाउन आग्रह गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले सूचना जारी गर्दै सबै दलका उम्मेदवारलाई खर्च बिवरण पेश गर्न आग्रह गरेको हो ।
कुलाे पुनःनिर्माण भएपछि मार्सी धानको रोपाई सुचारु
नेत्र शाही जुम्ला, जेठ २१ गते । तातोपानी गाउँपालिका १ स्थित रानीज्यूलोमा कुलो निर्माणपछि रोपाई सुचारु भएको छ । २०७८ कात्तिक महिनामा आएको बाढी पहिरोबाट रानीज्यूलोसहित तातोपानी र तिलाको भरीखोला क्षेत्रका सिँचाई कुलाहरु बगेपछि सिँचाई प्रभावित भएको थियो । अहिले केही कुलोहरु निर्माण गरेर रोपाई सुचारु गर्ने प्रयास गरिएको छ । तातोपानी १ अन्तरगत पर्ने रानीज्यूलो कुलो बाढीले बगाएको स्थानको आरसीसी गरेपछि सञ्चालनमा आएको छ । जिल्ला कृषि विकास कार्यालयको ७ लाख र स्थानीयको एक लाख रुपियाँ श्रमदानमा उक्त कुलो बाढीले बगाएको स्थानमा ४१ मिटर आरसीसी र अन्य काम गरेपछि पानी सुचारु भएर रोपाई भएको छ । कार्यालय प्रमुख गणेश अधिकारीका अनुसार विपतले बगाएको रानीज्यूलाको कुलोमा तत्कालका लागि प्रदेश सरकारको सहयोगबाट ४१ मीटर आईरसिसि, ४० वटा ग्याविन र अन्य काम गरेपछि रोपाई सुचारु भएको छ रानिज्यूलोमा करिब १५, १६ हेक्टर मार्सीधान फल्ने खेत रहेका स्थानीय उपभोक्ता समितिका अध्यक्ष कलबहादुर कठायतले बताउनुभयो । उहाँले विपतले धान रोप्न नपाइने हो की भन्ने थियो तर अव यो वर्ष जेनतेन पानी पु¥याउन कृषि विकास कार्यालयको कार्यक्रमले राहात दिएको बताउनुभयो । उहाँका अनुसार अव यो वर्ष रोपाई त हुन्छ तर नदिले धेरै कटान गरिसकेकाले ध्यान नदिएमा फेरि बगाउने डर उत्तिकै छ ।
जिल्ला बाहिर रिफर गरिएका बिरामी तीन दिनदेखि अस्पतालमै बस्न बाध्य
हुुम्ला समाचारदाताहुुम्ला, जेठ २१ गते । उपचार हुन नसक्ने भन्दै अस्पतालले जिल्ला बाहिर रिफर गरिएका दुुई जना बिरामी अस्पतालमै बस्न बाध्य भएका छन् । उडान नहुुँनुु र भएपनि कम उडान भएको कारण टिकट नपाएपछि बिरामी अस्पतालमै बस्न बाध्य भएका हुन् । अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले तीन दिन अघि अस्पतालले उपाचार हुन नसक्ने भन्दै रिफर गरिएका बिरामीले टिकट नपाएर अस्पतालमा बस्न बाध्य हुँदै आएको बताउनुुभयो । यसरी रिफर गरेर पनि उपचार गर्न नपाउनेमा सर्केगार्ड गाउँपालिका–६ को बराई गाउँका रुपधन बुढाथोकी रहनुु भएको छ । दमको बिरामी उहाँलाई स्वासप्रस्वासमा समस्या देखिएपछि चिकीत्सकले जिल्ला बाहिर रिफर गर्नु भएको होे ।यसैगरी अर्का बिरामी सोही गाउँपालिका ६ नम्बर वडाकै सात बर्षीय केपी ऐडी हुनुहुन्छ । रुखबाट लडेर आँखा तथा शरिरमा चोट लागेका ऐडीलाई यहाँको अस्पतालमा उपचार हुन नसक्ने भन्दै रिफर गरिएको थियो । दुुवै जना बिरामीलाई तीन दिन अगाडि अस्पतालले रिफर गरेको थियो । बुधवार र बिहीबार लगातार उडान नएको र शुक्रबार तारा एयरले एउटा मात्र उडान भरेपनि टिकट नपाएपछि जान नसकेको बिरामीका आफन्तले बताउनुभयो । अस्पतालमा उपचार नहुुने भएपनि बाहिर जान नपाए पछि दुुवै बिरामीलाई अस्पतालकै वार्डमा राखिएको छ । प्रमुख जिल्ला अधिकरी सीता परियारले रिफर गरिएका बिरामीलाई पठाउन नसकिएकोमा दुःख ब्यक्त गर्नुभयो । निजी एयरलाईन्सहरुको मनलाग्दी टिकट बितरण गर्ने कार्यले बिरामीको समेत उद्धार गर्न कठिन भएको हो ।
आपत्कालीन प्रतिकार्य र विपत्का लागि बजेट
नेपाल रेडक्रस सोसाइटी कालीकोट जिल्ला शाखाले आपत्कालीन प्रतिकार्य कार्यक्रमका लागि एक करोड २६ लाख रुपियाँ खर्च गर्ने भएको छ । रेडक्रसले जिल्लाको नरहरिनाथ गाउँपालिकासँगको साझेदारीमा सो बजेट खर्च गर्न लागेको हो ।
घरमा ढोका लगाएर पाटनमै व्यस्त
का मानिसहरू यार्सागुम्बा खोज्न पाटनतर्फ गएकाले डोल्पाका गाउँबस्ती यतिबेला सुनसान छन् । उनीहरू हिमाली सुन भनेर चिनिने यार्सागुम्बा टिप्न गएपछि गाउँघर सुनसान बनेका हुन् ।त्रिपुरासुन्दरी नगरपालिका–१ का ७९ वर्षीय रविप्रसाद न्यौपानेले भन्नुभयो, “सबै जना यार्सागुम्बा टिप्नका लागि पाटन गएकाले गाउँ सुनसान छ । घर कुरुवालाई समय कटाउन साथी पनि छैनन् ।”