• १४ असार २०८१, शुक्रबार

बाजुरामा खानेपानी हाहाकार

blog

बाढीपहिरोले खानेपानीको मुहान बगाएपछि पाइपको जोहो गर्दै स्थानीय । तस्बिर : शेरबहादुर सार्की

बाजुरा, जेठ २३ गते । बाजुरामा बाढीपहिरोको कारण मुहान सुक्खा भएपछि अहिले त्यहाँका स्थानीयहरुलाई खानेपानीको हाहार भएको छ । गत जेठ , असार र साउनमा आएको अविरल वर्षाका कारण खानेपानीको मुहानमा पहिरो जाँदा ती मुहान अहिले सुक्दै गएका छन् ।

गर्त वर्ष आएको बाढीपहिरोले बडिमालिका नगरपालिका घाँगर, रिला, र बूढीगङ्गा नगरपालिका –१ को कुँडी, अम्कोट- २ को बह्रमतोला, धाँनमुहा, जमालवाडा , खस्रेखेत लगायतका स्थानीयले उपभोग गर्दै आएको खानेपानीको मुहान सुकेपछि अहिले त्यहाँका स्थानीयलाई खानेपानीको निकै हाहाकार भएको हो ।

गाउँभन्दा झण्डै एक किलोमिटर टाढाबाट बह्र्रतोलाबासीका लागि ल्याएको खानेपानीको पाइप बाढीले  बगाउनुका साथै अहिले त्यो मुहान समेत सुक्खा भएपछि गाउँमा पानीको अभाव भएको बूढीगङ्गा नगरपालिका २ का शिक्षक बहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“बूढीगङ्गा नगरपालिका २ को ठाडाखोला मुहानबाट गाउँमा ल्याएको खानेपानीको पाईप पहिरोले पुरिदिएपछि अर्को पाइपबाट गाउँमा अलिअलि खानेपानीको जोहो गर्दै आएका थियौ । अहिले त्यो मुहान नै सुक्खा भएपनि बह्रतोलाका झण्डै सयौ घरपरिवारलाई खानेपानीको निकै अभाव भएको छ ।,,

२०७८ साल साउन ६ गते राती आएको अविरल वर्षातका कारण ठाडाखोला खानेपानीको मुहानमा गएको पहिरोले इन्टेक, पाइप सबै बगाएपछि त्यो समस्या आउन थालेको शिक्षक थापाले बताउनुभयो । 

यो योजनाले बह्रमतोलाका धानमुहाँ, खर्सेखेत, जमालबाडा लगायतका झण्डै सयौँ भन्दाबढी घरपरिवारलाई खानेपानीको सहज बनाएको थियो । २०५७ सालमा  ठाडाखोला खानेपानी निमार्णकार्यका लागि जिल्ला खानेपानी कार्यालयबाट सात लाख बराबरको रकम विनियोजन गर्दा सात वटा धारा  निर्माण गरेका थिए । 

परिवार सङ्ख्या बढ्दै गएकोले खानेपानीको अभाव हुन थालेकोले २०६७ सालमा सोही योजनालाई थप १५ लाख बराबरको रकम विनियोजन भएपछि गाउँमा १४ वटा धारा निमार्ण गरेपछि खानेपानीमा केही सहज भएको स्थानीय पदम थापाले बताउनुभयो । 

अहिले त्यो योजना गत सालको पहिरोले सबै तहसनहस बनाएपछि बह्र्रमतोलाका महिलालाई झण्डै एक किलोमिटर टाढाको बाटो हिँडेर पानी ल्याउनुपर्ने समस्या आएको छ । 

त्यहाँका महिलाहरुले अहिले घरको काम छोडेर खानेपानीको जोहो गर्न मुस्किल पर्न थालेको छ । पानीको अभाव हुँदा गाउँका शौचालय पनि निकै दुर्गन्धित बन्दै गएका छन् । 

Author

शेरबहादुर सार्की