• १४ असार २०८१, शुक्रबार

जबरजस्ती करणी मुद्दामा एक प्रतिवादी पक्राउ

blog

जवरजस्ती करणी मुद्धामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । तस्बिर : वासुदेव शर्मा

जाजरकोट, जेठ २४ गते । जर्बजस्ती करणी मुद्दा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भेरी नगरपालिका १ रिम्नाका ४८ वर्षीय खिमबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो । 

जेठ २२ गते आइतवार राति भेरी नगरपालिका १ का रानाले ६३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताउनुभयो । 

आरोपित रानालाई जिल्ला अदालत जाजरकोटबाट करणीसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धन कार्य भइरहेको जनाएको छ । 

Author

वासुदेव शर्मा