• ३० पुस २०८२, बुधबार

हुम्लाबाट नेकपाको केन्द्रीय सदस्यमा १९ जना मनोनित

blog

राजन रावत
हुम्ला, पुस ३० गते ।
नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा हुम्ला जिल्लाका १९ जना मनोनित भएका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न दल मिलेर बनेको नेकपाको विस्तारित केन्द्रीय समितिमा हुम्लाबाट १९ जना मनोनित भएका हुन् ।

नेकपाको केन्द्रीय समितिमा मनोनित हुनुहुनेमा साविकको नेपाल कम्युनिस्ट पार्टी (माओवादी (केन्द्र) बाट विजय भण्डारी, सिमकोट गाउँपालिका– १, छिमीदोर्जे लामा, सिमकोट गाउँपालिका–४, छिरिडम्दुल लामा, सिमकोट गाउँपालिका–३, विरजन शाही सिमकोट गाउँपालिका–७ का रहनु भएको छ । यसैगरी सीता शाही (सुस्मिता)–चङ्खेली गाउँपालिका–४, रणसिंह परियार– अदानचुली गाउँपालिका–१, डा. दीपेन्द्र रोकाया– सर्केगाड गाउँपालिका–८, लालकेश जैशी,– ताजाँकोट गाउँपालिका–४ का रहनु भएको छ ।

यता नेकपा एकीकृत समाजवादीबाट हस्तबहादुर शाही–अदानचुली गाउँपालिका–५, शिवराज शर्मा–ताजाँकोट गाउँपालिका–२, जोशी धामी–सर्केगाड गाउँपालिका–१, प्रेमा लामा–सिमकोट गाउँपालिका–१, प्रेमकला शाही–चङ्खेली गाउँपालिका–४, बविता शिरा–चङ्खेली गाउँपालिका–६ र तीर्थराज रोकाया–सिमकोट गाउँपालिका–५ स्थायी बासिन्दा केन्द्रइ सदस्यमा मनोनित हुनु भएको हो ।

त्यस्तै, नेकपा माओवादी समाजवादीबाट कर्णजित बुढाथोकी–सर्केगाड गाउँपालिका–६, रगमल रोकाया– सर्केगाड गाउँपालिका–८, ज्ञानु फडेरा– सर्केगाड गाउँपालिका–२, जीवन ऐडी–सर्केगाड गाउँपालिका–६, नाम्ग्याल तामाङ–नाम्खा गाउँपालिका– १ का रहनु भएको छ । मनोनित सबैले मङ्गलबार भौतिक उपस्थिति र भर्चुअल माध्यामबाट पद तथा गोपनिताको शपथ खाइसक्नु भएको छ ।