सहदेव बस्नेत
जाजरकोट, माघ १ गते । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति ११ बजे छेडागाड नगरपालिका–५, रातिपोरी भिर नजिकै भित्रि सडक खण्डमा मनघाटबाट खारा बजारतर्फ जाँदै गरेको भे. १ द. ६५ नम्बरको खाली ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा चालक छेडागाड वडा न. १२ सिर्पाचौर निवासी ३० वर्षीय नरबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते चालकलाई प्रहरीले तत्काल उद्धार गरी नगर अस्पताल लगिएको थियो । उहाँको उपचारकै क्रममा राति २ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिरकुमार खड्काले ट्याक्टरको फेल भई सडकदेखि करिब ५० मिटर तल छेडाखोलामा दुर्घटना भएको जानकारी दिनु भयो । दुर्घटनाबारे अन्य आवश्यक अनुसन्धान भइरहेको र शव नगर अस्पतालमै रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनु भयो ।