• १२ असोज २०८१, शनिबार

रोडिकोटमा भेटियो तिब्बती भाषाको शिलापत्र

blog

राजन रावत

हुुम्ला, जेठ २३ गते । सर्केगार्ड गाउँपालिका –७ को रोडिकोट गाउँको धान रोप्ने खेतमा तिब्बती भाषाको शिलापत्र भेटिएको छ । खेत किनारको भत्किएको ढुुङ्गाको पर्खालमा सो शिलापत्र भेटिएको हो । 

रोडिकोट निवासी कृष्णप्रसाद जैशीले खेतमा भत्केको पर्खाल लगाउने क्रममा तिब्बती भाषामा लेखिएको शिलापत्र भेटिएको बताउनुुभयो । खेतको छेउमा पर्खाल लगाउने क्रममा अन्यत्रबाट जम्मा गरेर ल्याएको ढुुङ्गासँग सो शिलापत्र ल्याएर पर्खाल लगाएको हुनसक्ने बताउनुुभयो । 

भत्केको पर्खाल लगाउने क्रममा शिलापत्र भेटिएपछि त्यसलाई गाउँकै कोट माविमा ल्याएर राखिएको उहाँले बताउनुुभयो । आफुू तिब्बती भाषा नजान्ने र भाषाको दखल राख्नेसँग समन्वय गरेर शिलालेखमा के लेखिएको छ सोबारे जानकारी गरिने बताउनुुभयो । 

कति वर्ष पुरानो शिलालेख हो भन्न नसकिए पनि पहिले उक्त रोडिकोट गाउँमा तिब्बती भाषामा लेख्ने कुनै मानिस आएको हुुनसक्ने प्रमाण भेटिएको छ । ढुुङ्गामा लामै लेखिएको भए पनि केही तिब्बती अक्षर मेटिएका छन् । केही अक्षर स्पष्ट बुुझिनेखालका छन् । यस बारेमा वडा कार्यालयले थप अध्ययन र समन्वय गर्ने वडा अध्यक्ष बलबहादुुर खत्रीले बताउनुभयो । ऐतिहासिक कुुरा पत्ता लाग्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।