• १४ असार २०८१, शुक्रबार

अपाङ्गता भएका युवा-युवतीलाई सिलाइ कटाइ तालिम

blog

हुुम्ला समाचारदाता

हुम्ला, जेठ २५ गते । अपाङ्गता भएका युवा-युवतीलाई सिलाइ कटाइ तालिम प्रदान गरिएको छ । हालसम्म बेरोजगार रहँदै आउनुभएका उक्त समुहका युवा-युवतीलाई स्वरोजगारी सृजना गर्न उक्त तालिम प्रदान गरिएको हो । 

तालिम लिई रहनुुभएकी अपाङ्गता युवती सुरसा बोहराले यस कार्यले स्वरोजगार बन्न सहयोग गर्ने बताउनुुभयो । उहाँले आफूमा केही गरौं भन्ने भावना भए पनि सीप नभएको कारण त्यतिकै बस्नुुपरेको भए पनि अब भने केही गरेर बाँच्ने बाटो खुलेको बताउनुुभयो । उहाँ जस्तै दश जना अपाङ्गता भएका युवा-युवतीहरुले सो तालिम लिई रहनुुभएको छ । एसईईसम्म अध्ययन गरेका तर आर्थिक अभावको कारण अगाडी बढ्न नपाएका ती युवा युवतीलाई तालिमका लागि छनौट गरिएको हो ।

तालिमका लागि सहयोगी निकाय सामाजिक विकास कार्यालयका प्रमुख हर्क बस्नेतले सीप विकास कार्यक्रम अन्तर्गत अपाङ्गता भएकाहरुलाई तालिमको व्यवस्था गरिएको बताउनुुभयो । उहाँले तीन महिनासम्म तालिम प्रदान गर्ने र त्यसपछि उपकरण  प्रदान गरिने बताउनुुभयो । यसरी अपाङ्गता भएकाहरुलाई सीप विकास तालिम दिनुुको मुख्य कारण स्वरोजगार बनाउनुु भएको बताउदै उहाँले सबै जना तालिम सहभागीले तालिमपश्चात् व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाएको बताउनुुभयो ।