• १३ असार २०८१, बिहिबार

जाजरकोटको जीप दुर्घटनामा मृतक तीनै जनाको सनाखत

blog

सहदेव बस्नेत/जाजरकोट समाचारदाता ।
जाजरकोट, जेठ २७ गते ।
जिल्लाको जुनीचाँदे गाउँपालिमा जीप दुर्घटनामा परी मृत्यु हुने तीनै जनाको सनाखत भएको छ । जुनीचाँदे गाउँपालिका–५ का वडाध्यक्ष जयबहादुर बस्नेतले मृत्यु हुनेमा १९ वर्षीय दर्शन शाही, ४३ वर्षीय नानागिरी र कालिका शाही रहेको जानकारी दिनुभयो ।

शाही र गिरीको घटनास्थलमै मृत्यु भएको थियो । जुनीचाँदे गाउँपालिका–६ की कालिका शाहीको उपचारका क्रममा स्वास्थ्य चौकी गर्खाकोटमा मृत्यु भएको वडाध्यक्ष बस्नेतले बताउनुभयो ।

सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको बाेलेरो जीप वडा नं ५ को गर्खाकोट (बेलपुइना) भन्ने स्थानमा शुक्रबार बिहान दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते हुनुभएका विष्णुकुमार शाही, चालक टोपबहादुर थापा र समीक्षा सिंहको अवस्था गम्भीर रहेको जाजरकोट प्रहरीले जनाएको छ । अन्य घाइते पिवना शाही, लालबहादुर थापा र वीरबहादुर शाहीको अवस्था समान्य रहेको जनाइएको छ ।