• १४ असार २०८१, शुक्रबार

हुम्लामा मोतिबिन्दुको शल्यक्रिया

blog

हुुम्ला जेठ २६ गते । दुुई दिनसम्म सञ्चालन भएको आँखा शिविरमा ४५ जनाले आँखाको मोतिबिन्दुका बिरामीको शल्यक्रिया भएको छ । काठमाडौंको तिलगङ्गा आँखा अस्पतालको आर्थिक सहयोग तथा आँखा अस्पताल हुुम्लाको समन्वयमा उक्त शिविर सञ्चालन भएको हो । 

अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराको अनुुसार आँखा शिविरमा ४८ जनाको आँखाको शल्यक्रिया भएकोमा त्यसमा ४५ जनाको मोतिबिन्दु र अन्य तीन जनाको सामान्य शल्यक्रिया भएको छ । उहाँले शिविरमा कुल ६३७ जनाको आँखाको सामान्य जाँच भएकोमा एक सय जनालाई निःशुुल्क चश्मा वितरण गरिएको बताउनुुभयो । 

शिविरका संयोजक नाम्ख्याल लामाले उपचारका लागि आउने बिरामी मध्य अधिकांशमा मोतिबिन्दुका बिरामी रहेको बताउनुुभयो । उहाँले हुुम्लामा यो रोग बढी पाइएको बताउदै अधिकांश बृद्धबृद्धामा यो रोग पाइएको बताउनुुभयो । उहाँले शिविरमा गरिएका शल्यक्रिया सबै सफल रहेको र दुुई जना बिरामीको उपचार भने गर्न नसकिएको बताउनुुभयो । शिविरमा उपचार गर्ने बालबालिकादेखि युवायुवतीसम्म सहभागी हुनुुभएको थियो । 

Author

राजन रावत