• ८ जेठ २०८१, मङ्गलबार

हुम्लामा ३० प्रतिशत रोपाइँ सम्पन्न

blog

खार्पुनाथ–४ को छिप्रा गाउँका खेतमा धान रोप्दै किसान । तस्बिर : राजन रावत

हुुम्ला समाचरादाता

हुुम्ला जेठ २४ गते । हुुम्लामा तीस प्रतिशत मार्सी धान रोप्ने कार्य भएको छ । असार नलाग्दै किसानलाई रोपाइँको चटारो सुुरु भएको हो । जिल्लाका सात मध्ये ६ वटा गाउँपालिकामा धान खेती हुने गरेको छ । कृषि विकास कार्यालयले यतिबेला सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा जेठ दोस्रो हप्ताबाट रोपाइँ सुरु भएको जानकारी दिएको छ । 

किसानहरुले सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा रोपाइँ छिटो गर्दै आएका छन् । कार्यालयले हालसम्म तीस प्रतिशत रोपाइँ कार्य सम्पन्न भएको जनाएको छ । वर्षा नभएको कारण पनि रोपाइँ ढिलो भइरहेको हो । खार्पुनाथ–४ का बबरजग हमालले सिँचाइ पुगेका ठाउँमा रोपाइँ गर्न सहज भएको बताउनुुभयो । 

उहाँले हाल सुुरु भएको रोपाइँ कार्य असारसम्म जिलाका सबै ठाउँमा रोपाइँ सकिने बताउनुुभयो । उहाँले पानी नपरेको कारण सिचाई सुविधा भएका खेतमा मात्र रोपाईं सुुरु भएको बताउनुुभयो । पछिल्लो समय मार्सी धानको चामलले बजार लिन थालेपछि किसान त्यसतर्फ आकर्षित हुन थाल्नुु भएको छ । 

जिल्लामा ५८० हेक्टरमा धान खेती हुने गरेको छ । रोपाईं सुुरु भएपछि किसानलाई कामको चटारो थपिएको हो । हुुम्ला जिल्लाकै बढी धान फल्ने चङ्खेली गाउँपालिकाको दार्म जिउलोमा भने रोपाइँ  सुुरु हुन सकेको छैन । हुुम्लामा लुुम्ले, मार्सी लगायत ६ प्रकारका धान रोप्ने गरिन्छ ।