जनचाहनाअनुरूप काम गर्न विद्यार्थीको सुझाव
कैलाली जिल्लाका विभिन्न सामुदायिक स्कुलका विद्यार्थीले मुलुकमा ठुला परिवर्तन भए पनि जनचाहनाअनुरूप काम नभएको बताउँदै शासकहरूले कार्यशैली परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् ।
धनगढीमा ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम सञ्चालन गरिँदै
धनगढी उपमहानगरपालिकाले ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपमहानगरले ‘गो ड्रिमर्स’ को साझेदारीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
हराउँदै छ कठरिया थारु पहिचानको घर
कठरिया थारु समुदायको पहिचान झल्काउने परम्परागत घर अहिले हराउन थालेको छ । कङ्क्रिटको घर निर्माण गर्नेक्रम बढेसँगै कठरियाको पहिचान झल्काउने परम्परागत घर हराउन थालेको हो ।
८० वर्षे उमेरमा धूमधाम बिहे
दार्चुलामा रोचक विवाह सम्पन्न भएको छ । अपि हिमाल गाउँपालिका–६ मज्जे बस्ने राइसिंह धामी र बिन्दु धामीले ८० वर्षको उमेरमा सांस्कृतिक तथा सामाजिक वैधानिक विवाह सम्पन्न गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशमा लक्ष्य अनुसार खरिद भएन धान
सुदूरपश्चिम प्रदेशमा यस वर्ष लक्ष्य अनुसार धान खरिद हुन सकेन । प्रदेशभरिबाट ७५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले न्यून मात्रामा धान खरिद गरेको हो ।
हिउँदे अधिवेशन सुरु
सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ । अघिल्लो अधिवेशन अन्त्य भएको तीन महिनापछि प्रदेश प्रमुखको आह्वानमा प्रदेश सभाको हिउँदे अधिवेशन सुरु गरिएको हो ।
भजनी र जोशीपुर गाउँपालिकाका विद्यालयमा जाडो बिदा
कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका विद्यालयमा जाडो बिदा दिइएको छ । चिसोका कारण पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीको स्वास्थ्य समस्या देखा पर्न थालेपछि पालिकाहरुले कार्यपालिकाको बैठकबाट निर्णय गरेर विद्यालयमा बिदा दिएका हुन् ।
सिमसार क्षेत्रमा जलपन्छीको सङ्ख्या बढ्यो
जैविक विविधताले महत्वपूर्ण तथा पहिलो चरा अभय आरण्य क्षेत्र कैलालीको घोडाघोडी रामसार क्षेत्रमा यस बर्षको हिउँदे जलपन्छी गणना सकिएको छ ।
खरिद भएन कालाजार जाँच गर्ने कीट
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कालाजार रोग जाँच गर्ने किट खरिद गर्न सकेको छैन । कालाजारको जाँच गर्न आरके–३९ किट आवश्यक पर्छ ।
दार्चुला बस दुर्घटना : १६ जनाकै परिचय खुल्यो
दुर्घटनामा परि गम्भिर घाइतेमध्ये दुहुँ गाउँपालिका ५ का ५३ वर्षीय दिलीपबहादुर बमको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि धनगढी रिफर गरिएको र उहाँसँगै सामान्य घाइते भएका बमकै २३ वर्षीय बुहारी कमला बम र ४ वर्षीय नाति हिमान्सु बमलाई पनि धनगढी पठाइएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर भट्टले बताउनुभयो ।
दार्चुलामा बस दुर्घटना: १४ जना घाइते
दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको बस महाकाली नगरपालिका ५ किम्तडी स्थित फोहोर सङ्कलन केन्द्र नजिकै दुर्घटना भएको छ ।
बाढी र भूकम्पले उठीवास बझाङको परिङाल
परिङाल (बझाङ), माघ ५ गते । फोनको ‘नेटवर्क’ले काम नगरेको एक साता भएको थियो । डरलाग्दो सपना देखेको हुँदा पारू गिरीलाई निन्द्रा लागेको थिएन । छोराबुहारीको हालखबर बुझ्न गाउँमा कसैसँग नेटवर्क चल्ने मोबाइल पनि थिएन । सातापछि बल्ल मौसम खुल्यो । नेटवर्क आयो र फोनमा कुरा भयो । सबैलाई सञ्चो भएको खबर सुनेपछि बल्ल पारुको मन शान्त भयो । उहाँ शनिबार यही पीडा वरिपरि बसेकालाई सुनाउँदै हुनुहुन्थ्यो । गत भदौको उहाँको पीडा सुनेर एकछिन माहोल नै चिसियो । सबै जना आश्चर्यचकित भावमा देखिए । “हाम्रा लागि परदेशिएकाहरूको कथा सुन्नु, सुनाउनु, टोलाउनु, आँसु चुहाउनु नियति नै हो । लेखान्तमा जे लेखियो, त्यहीँ भोग्नुपर्दो रहेछ,” उहाँले भन्नुभयो ।उहाँ दुई नातिसँगै छविसपाथीभेरा गाउँपालिका–१ परिङालमा रहेको आफ्नै घरमा बस्नुहुन्छ । नातिद्वय जीवन र सक्षम गाउँकै भैरव आधारभूत विद्यालयमा पढ्छन् । छोरा तथा बुहारी भारतको बैङलोरमा मजदुरी गरिरहनुभएको छ । उहाँहरुले पठाएको पैसाले घर खर्च चलाउनु परेको पारुले सुनाउनुभयो ।यस्तो पीडा र अवस्था सबै परिङालबासीको उस्तै छ । “आँगनमा काग कराएको दिन पनि अशुभ खबर सुनिन्छ कि भन्ने पीर पर्छ,” स्थानीय चन्द्रा गिरीले भन्नुभयो, “परदेशिएकाहरुलाई केही नहोस् भनेर दियो बालिरहन्छौँ । भगवान्को आराधना गरिरहन्छौँ । चिन्ता बैङलोरकै हुन्छ ।” परिवारका सदस्यसँगै बस्न र घरमै हुन त भाग्यमै लेखेको हुनुपर्ने उहाँले बताउनुभयो ।उहाँका अनुसार परिङालमा ८० परिवार छन् । झन्डै चार सय जनसङ्ख्या भएको गाउँ हिजोआज भने सुनसान जस्तै छ । काम गर्न सक्ने जनशक्ति सबै भारतमा गएपछि बालबालिका र वृद्धवृद्धाले जेनतेन गाउँ धानेका छन् । “प्राकृतिक विपद्बाट अहिले ३० परिवारले गाउँ नै छोडिसकेका छन्,” उहाँले भन्नुभयो, “कतिपयले भारतमा सङ्घर्ष गर्दै तराईतिर जग्गा जमिन जोडिसके । कतिले भारतमै आधार कार्ड पाएर परिवारलाई उतै व्यवस्थापन गर्ने तयारी गरिरहेका छन् ।”उहाँका अनुसार परिङालबासी भोको पेट भर्नकै लागि विभिन्न ठाउँमा गएर सङ्घर्ष गरिरहेका छन् । “घरमा बालबालिका तथा वृद्धवृद्धा भएर घरहरू खुला देखिए पनि गर्नसक्ने मान्छे कोही छैन,” उहाँले भन्नुभयो । उहाँका अनुसार उहिले कोही पनि भारत जाँदैन थिए । “गाउँमै खेतीपाती गरेर सबैको गुजारा हुन्थ्यो । अहिले जग्गाजमिन बाढीले निल्यो, घर भूकम्पले निल्यो । त्यसपछि गाउँ नै चौपट भयो,” उहाँले भन्नुभयो । चन्द्राको घरमा नौजना सदस्य छन् । गाउँमा भने अहिले चारजना मात्रै छन् । “छोराछोरीको स्याहार गर्ने मान्छे नहुनाले आफैँले गाउँमा बस्नुपरेको हो । नत्र मेरो उमेरका महिला÷पुरुष कोही गाउँमा बस्दैनन् । सबै बैङलोरमा गएर कमाउँछन्,” उहाँले भन्नुभयो ।परिङालकै लक्ष्मी गिरीको परिवारमा १३ जना छन् । आफूले सामाजिक सुरक्षा भत्ता ९वृद्धभत्ता० खाने र तीन बालबालिका गाउँमै पढ्ने हुँदा घर बस्नुपरेको उहाँले सुनाउनुभयो । “भारतमा जति मजदुरी काम गरे पनि पैसा देखिँदैन,” उहाँले भन्नुभयो, “सबै कमाउने उतै छन् । उनीहरुले कमाएको पनि खानलाई बराबर हुन्छ ।”पेट पाल्नकै लागि विदेश जानेको सङ्ख्या बढेपछि गाउँ रित्तिन थालेको छ । सामाजिक काम तथा ठूलो काम गर्न गाउँमा मान्छे नै नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गाउँ पूरै रित्तिन लागि सक्यो । गह्रौँ काम गर्ने मान्छे अहिले गाउँमै छैनन् । यतिसम्म कि मान्छे मर्दासमेत मलामी नपाइने अवस्था आइसक्यो,” उहाँले भन्नुभयो । गत असोजको भूकम्पपछि गाउँमा १५ परिवार घरमा तालाबान्दी गरेर भारत गइसकेका छन् । अन्य परिवारमा पनि अधिकांश सदस्य भारतमै गएको लक्ष्मीले बताउनुभयो । “हरेक दसैँमा हरेक परिवारले परदेशिएकाहरुको बाटो कुर्नुपर्छ । कति परिवारले त दुई–तीन वर्षपछि मात्रै भेट्न, सुखी साट्न पाउँछन्,” उहाँले भन्नुभयो ।विसं २०५७ मा आएको बाढीले गाउँलेको जमिन बगरमा परिणत गरेको थियो । आफूलाई पर्याप्त भएर अन्न बेच्ने परिङालबासीलाई दुई दशकयता भने सङ्कटै सङ्कटले झेलिरहेको छ । दुई वर्षअघि २०७८ असोज ३० देखि कात्तिक ३ गतेसम्म आएको बाढीले बचेको सबै जिउलो बगायो । आँगनमा भएको जिउलो मात्रै नभई छिमेकी बगरगाउँमा भएको जिउलोको समेत नामोनिसान मेटाइदियो । गत असोजको भूकम्पले फेरि घरहरू नोक्सान गरेपछि युवाहरु बैङ्लोर जानुको विकल्प नभएको जनाउँदै परदेशिए ।स्थानीय प्रमानन्द गिरीका अनुसार परिङालको ८५ प्रतिशत जनसङ्ख्या भारतमा छ । गाउँमा बालबालिका र वृद्धवृद्धाको आश्रम जस्तै छ । “बालबालिकालाई भारतमा पढाउन महँगो पर्ने हुँदा सबैले गाउँमै राखेका छन् । वृद्धवृद्धा पनि बैङलोरमा कमाउन नसक्ने र गाउँमा सामाजिक सुरक्षा भत्ता पाउने हुँदा घरमा बस्नुपरेको हो । भत्ता नपाए पनि काम गर्न नसक्नेको बैङलोरमा पनि काम छैन,” उहाँले भन्नुभयो । भूकम्पले क्षति भएका परिवारका लागि रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ ९आइएफआरसी० को आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले अस्थायी संरचना बनाइदिएको छ । “जनता असुरक्षित नहोउन् भन्दै हामीले सबै निकायसँग समन्वय गरिरहेका छौँ,” फियान नेपालकी फिल्ड अधिकृत सीता सिंहले भन्नुभयो, “बाढी तथा भूकम्प पीडितलाई राहत दिन होस् वा नदी कटानलाई नियन्त्रण गर्न होस् । हामी सबै निकायसँग समन्वय गरिरहेका हुन्छौँ ।”रेडक्रसले बनाइदिएका अस्थायी टहरा र बगरगाउँमा करोडभन्दा बढी मूल्यको ग्याबिन लगाउने काम भइरहेको उहाँले बताउनुभयो । छविसपाथीभेरा गाउँपालिका–१ का वडाध्यक्ष करनजङ्गबहादुर सिंह पनि गरिबमाथि नै पटकपटक विपद् आएकामा चिन्ता गर्नुहुन्छ । उहाँ भन्नुहन्छ, “सुगाला र परिङालका पीडितलाई प्रकृतिले पनि कहिल्यै सुख नदिने भयो । कहिले बाढी त कहिले भूकम्पले उठीवास गर्न थालेको छ ।”प्रभावित बासिन्दालाई विभिन्न सङ्घसंस्थाबाट केही राहत भए पनि सरकारका तर्फबाट राहत पाउन केही समय लाग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले घोषणा गरेको रु ५० हजारका दरले प्रशासनमा आइसकेको भन्ने छ । यसका लागि सम्पूर्ण कागजात तयारी गर्दै छौँ । रकम आएपछि सबै परिवारलाई वित । रासस
संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई पक्राउ
प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटासहित कैलालीमा आज दुई जनालाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय सुखडबाट खटेको प्रहरी टोलीले सालकको ११ किलो १०० ग्राम खपटासहित उनीहरूलाई पक्राउ गरेको हो ।
गाउँपालिका उपाध्यक्ष जोशीको निधन
जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोशीको ५० वर्षको उमेरमा आज बिहान निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित जोशीको उपचारपछि घरमै आराम गरिरहेको बेला बिहान ४ बजे निधन भएको हो ।
एमालेद्वारा गोदावरी नगरपालिका घेराउ, अत्तरियामा तनाव
निर्माण सम्पन्न नहुँदै यसअघि २०७८ चैत १४ गते एमालेबाट निर्वाचित तत्कालिन नगरप्रमुख हरिसिंह साउदले उद्घाटन गर्नुभएकाे उक्त प्रशासनिक भवनको कांग्रेसबाट निर्वाचित अहिलेका प्रमुख बिरेन्द्र भट्टले फेरी उद्घाटन कार्यक्रम राखेपछि तनाव सिर्जना भएको हो ।
नगर प्रमुखको मनमर्जी, दलको विरोध
टीकापुर नगरपालिका नगरकार्यपालिकाको असोज १९ गते बसेको २३ औँ बैठकले ४१ आयोजनाका लागि सात करोड ५५ लाख, मङ्सिर २५ गते बसेको २४ औँ बैठकले १७ आयोजनाका लागि दुई करोड ७७ लाख र पुस २१ गतेको २५ औँ बैठकले २३ लाख रुपियाँ बजेट विनियोजन ग-यो ।
भलमनसा चयन सुरु हुँदै
थारू समुदायमा भलमनसा चयनको कार्य सुरु भएको छ । गाउँको नेतृत्व गर्नका लागि भलमनसा छान्ने चलन रहेको छ । माघ पर्वको अन्तिम दिन यो समुदायमा भलमनसा÷बडघर चयनको कार्य थाल्ने गरिन्छ । यस कार्यलाई खोज्नीबोज्नी÷भुराखेल पनि भन्ने गरिन्छ । भलमनसा चयनको कार्य माघ पर्वको अन्तिम दिन गर्नु पर्छ भन्ने बाध्यकारी नियम भने छैन । आआफ्नो गाउँको समयानुकूल भलमनसा चयन गरिन्छ ।
छोरीलाई पोर्सो बोकाउँदा पाप लाग्छ
खप्तडछान्ना गाउँपालिका–३, सिल्कावाडाकी किडीदेवी रोकाया घरको आँगनमा भएको गोठेमल (पोर्सो) छोरा, बुहारीसँगै आफू पनि बोक्नुहुन्छ । गोठेमल बढी भएको समयमा गाउँ तथा छिमेकी पुरुष र विवाहित महिला आलोपालो गरेर गोठेमल (पोर्सो) खेतबारीसम्म पु¥याउने चलन छ ।
संरक्षणको पर्खाइमा गर्भा दरबार
राणाकालीन गर्भा दरबार जीर्ण बनेको छ । कैलालीको चुरे गाउँपालिका –४ खैरालामा रहेको सो दरबार संरक्षण नहुँदा जीर्ण बनेको हो ।
थारु संस्कृति संरक्षणमा सहयोगी बन्दै ‘माघी मिलन कार्यक्रम’
कञ्चनपुरमा थारु समुदायको संस्कृति जगेर्नामा ‘माघी मिलन कार्यक्रम’ सशक्त माध्यम बन्न थालेको छ । थारु समुदायको महत्त्वपूर्ण पर्व माघीका अवसरमा थारु बहुल गाउँहरूमा माघी मिलन कार्यक्रम आयोजना हुन थालेपछि संस्कृति जगेर्नामा टेवा पुगेको हो ।
थारु गाउँमा भलमन्सा (बरघर) चयन गर्ने काम सुरु
कैलालीको थारु गाउँमा भलमन्सा चयनको काम सुरु भएको छ । माघे सङ्क्रान्तिको दोस्रो दिनदेखि भलमन्सा चयनको काम थालिएको हो ।
पहाडी क्षेत्रमा रनपुतला पर्व विसर्जन गरिँदै
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पुस १५ गतेदेखि सुरु भएको रनतपुतला पर्व विसर्जन गरिँदैछ । सुदूरपश्चिम प्रदेशका ग्रामीण क्षेत्रमा कतिपय स्थानमा माघ १ गते माघे संक्रान्तीको अवसरमा विसर्जन भइसकेको छ । कतिपय स्थानमा माघ ३ गते उत्तरायणी पर्वका दिन विसर्जन गर्ने चलन छ ।
खडेरीले बाली सुक्न थालेपछि किसान चिन्तित
माघ महिना सुरु भइसक्दा समेत वर्षा नहुँदा डोटीका ग्रामीण क्षेत्रमा लगाइएको हिउँदे बाली सुक्न थालेको छ । जिल्लाका विभिन्न क्षेत्रमा किसानले खेतमा लगाएको गहुँ, मसुरो, तोरीलगायतको हिउँदे बाली सुक्न थालेको हो ।
डोटीमा बँदेलको आक्रमणबाट घाइते महिलाको निधन
डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।