• २६ असोज २०८१, शनिबार

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

blog

अविनाश चौधरी

धनगढी, असोज २६ गते । मुलुकमा दसैंको रमझम चलिरहेको बेला कैलालीका एक व्यक्तिले  बञ्चरो प्रहार गरी आफ्नो श्रीमतीको हत्या गरेका छन् । 

चुरे गाउँपालिका –६ मल्लो ढुङ्गेनीका ५० वर्षीय डम्मरबहादुर चुनाराले गएराति आफ्नो श्रीमतीको हत्या गरेका हुन । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार राति १ बजेतिर टाउकोमा बञ्चरो प्रहारबाट ४७ वर्षीया हीरादेवी चुनाराको ज्यान गएको छ । 

इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटेको प्रहरी टोलीले बञ्चरो प्रहार गर्ने डम्मरलाई पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।