• ३ फागुन २०८२, आइतबार

जाउलाखेल आहाराराको सेमिफाइनलमा

blog

जाउलाखेल र चर्च ब्वाइज युनाइटेडका खेलाडी प्रतिस्पर्धा गर्दै । तस्बिर : माधवप्रसाद बराल

माधवप्रसाद बराल

माछापुच्छ्रे(कास्की), फागुन ३ गते । जाउलाखेल युथ क्लब पोखरामा जारी २५औँ संस्करणको आहारारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । 

पोखरा रङ्गशालामा आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–० गोलले पराजित गरी अन्तिम चारमा स्थान बनाएको हो । जाउलाखेलका लागि धर्बेन्द्र कुँवर, निकोलस र सुजन गुरुङले एक एक गोलको योगदान दिनुभयो ।

४८औँ मिनेटमा धर्बेन्द्र कुँवरले गोल गरेर टोलीलाई अग्रता दिलाउनुभयो । ८८औँ मिनेटमा निकोलसले गोल गर्दै जाउलाखेलको अग्रता दोब्बर बनाउनुभयो । 

अग्रता देब्बर बनाउन गोल गर्नुभएका निकोलस प्लेयर अफ दि म्याच घोषित हुनुभयो । ९१औँ मिनेटमा सुजन गुरुङले गोल गर्दै जितलाई सुनिश्चित पार्नुभयो ।

खेलमा जाउलाखेले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेन । चर्च ब्वाइजले पनि पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा प्रतियोगिताबाट नै बाहिरिएको छ । 

चर्चा ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठ धरानमा खेलेर पोखरा जादा खेलाडी थाकेको र केही खेलाडी घाइते हुँदा राम्रो खेलपनि स्कोर गर्न नसकेको बताउनुभयो । 

यसअघि शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई सडेन डेथको सिकार बनाउँदै आयोजक सहारा क्लब सेमिफाइनलमा पुगेको छ । पहिलो क्वार्टरफाइनल खेलमा सहाराले आहारारा पोखरा गोल्ड कपमा ६ पटकको विजेता पुलिसलाई सडेन डेथमा ६–५ ले पराजित गर्दै सेमिफाइनल पुगेको हो । 

सहारा र पुलिसबिचको खेल निर्धारित ९० मिनेटको समयमा दुबैतर्फ एक एक, थपिएको अतिरिक्त समयमा गोल हुन नसके पछि टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा पनि दुबै र्फ ४–४ गोलले खेल बराबरीमा पुगेपछि पहिलो सडेन डेथमा पनि दुबैतर्फ १–१ गोल भयो भने दोस्रो सडेन डेथमा सहाराले जित निकालेको हो । सहाराले एक पटक मात्र उपाधि जितेको छ ।