शेरबहादुर सार्की
बाजुरा, वैशाख १३ गते । बाजुराको जगनाथ गाउँपालिका-६, लैफुडाँडाको भीरमा डोजर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालीकोट जिल्लाको नरहरी नाथ गाउँपालिका-२, बस्ने वर्ष १८ का महेश रावल हुनुहुन्छ।
आइतबार बिहान बाजुराको जगन्नाथ गाउँपालिका-६, लैफुडाँडास्थित कर्णाली काेरिडोर सडकको भीरबाट डोजर दुर्घटना हुँदा रावलको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले, कर्णाली प्रदेश ३–०१–००३ क. ६३११ नम्बरको डोजर अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेपछि रावलको मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँले भन्नभुयो, “ डोजरमा तीन जना रहेका थिए । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–२ का २५ वर्षीय केशव विष्ट सोही गाउँका १८ वर्षीय खगेन्द्र विष्ट र मृतक १८ का महेश रावल रहेका थिए । डोजरका चालक केवश विष्ट र सहचालक खगेन्द्र विष्ट भने बिहानै सकुशल फेला परेका थिए । ”
मृतक रावलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि कोल्टी ल्याउने तयारी भएको छ । दुर्घटनाग्रस्त डोजर कालिकोट जिल्लाको पलातागाउँपालिका–७ निवासी कल बमको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी शाहीले बताउनुभयो ।