नगदसहित अठार जुवाडे पक्राउ
प्रहरीले १८ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थाबाट उनीहरुलाई धनगढीको दुई स्थानबाट पक्राउ गरेको हो ।
कैलालीका किसानलाई धानबाली भित्र्याउन व्यस्त
कैलालीका किसानलाई यतिबेला खेतमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । किसानले वर्षाको समयमा रोपेको धानबाली एकातिर खेतबारीमा लटरम्म पाकेर तयारी अवस्थामा छ भने अर्कातिर दैनिकजसो मौसममा फेरबदल देखिन थालेपछि उनीहरुलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ ।
दुर्लभ घडियाल गोही मृत फेला
दुर्लभ घडियाल गोही कैलालीमा मृत फेला परेको छ । टीकापुर नगरपालिका–७ बैदीस्थित मोहना नदीमा वयस्क घडियाल गोही मृत अवस्थामा भेटिएको हो ।
अधिकांश झोलुङ्गे पुल जीर्ण
बाजुराका अधिकांश स्थानीय तहमा निर्माण गरिएका झोलुङ्गे पुल पछिल्लो समय जीर्ण बन्दै गएका छन् ।
नवदुर्गामा अतिरिक्त कक्षा निरन्तर
नवदुर्गा गाउँपालिकाले शैक्षिक गुणस्तरमा सुधार ल्याउन गत वर्षदेखि अतिरिक्त कक्षा सञ्चालन गर्दै आइरहेको छ । अतिरिक्त कक्षामा मुख्य तीन विषय अङ्ग्रेजी, गणित र विज्ञानका अतिरिक्त कक्षा सञ्चालन हुन थालेका छन् ।
अछाम आउँदै गरेको हाइस दुर्घटना, १३ जना घाइते
कैलालीबाट अछाम आइरहेको हाइस दैलेख जिल्लाको तल्लो डुङ्गेश्वर नजिक दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
थारु गाउँमा सखियाको रौनक (फोटो फिचर)
सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरस्थित थारु गाउँमा सखिया नाचको रौनक बढेको छ।
जीर्ण बन्दै झोलुङ्गे पुल
बाजुराका अधिकांश स्थानीय तहमा निर्माण गरिएका झोलुङ्गे पुल पछिल्लो समय जीर्ण बन्दै गएका छन् ।
जङ्गली हात्तीको आक्रमणबाट मृत्यु
बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ ।
भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितलाई आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको छ ।
किसानलाई धान भित्र्याउने चटारो
कैलालीका किसान धान भित्र्याउन व्यस्त भएका छन् । घरआँगनमा दसैँ आइपुगे पनि धान पाकेकाले किसानले धमाधम धान भित्र्याउन थालेका हुन् ।
सुगमका उपभोक्तालाई दुर्गमका स्याउ
बाजुरामा उत्पादन भएका स्याउ देशका विभिन्न सहरमा पुगेका छन् ।
सुत्केरीको निधनपछि परिवारको बिचल्ली
ढकारी गाउँपालिका–६, गलवालकी ३० वर्षीय सरिता जैसीले बिहीबार स्वास्थ्य संस्था नपुग्दै बाटोमा छोरालाई जन्म दिनुभयो ।
सखियामा झुम्दै थारू समुदाय
कञ्चनपुरमा थारू समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ । यहाँ थारू समुदायका युवकयुवती रातको समयमा बडघरमा जम्मा भएर नाचमा रमाउने गरेका छन् ।
भ्रम नछर्न प्रदेश अध्यक्षको चेतावनी
नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले तल्लो कमिटी तथा पार्टीका कार्यकर्ता र समर्थक शुभेच्छुकबिचमा भ्रम नछर्न सोही पार्टीका पूर्व केन्द्रीय उपाध्यक्ष डा. भीमबहादुर रावललाई चेतावनी दिनु भएको छ ।
डिसिएका मात्रै ६ खेलाडी एनपिएलमा अनुबन्ध
धनगढी क्रिकेट एकेडेमी (डिसिए) का मात्र ६ जना खेलाडी नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध भएका छन् ।
अध्यक्ष ढुङ्गानाद्वारा मनसराको निःशुल्क उपचार सहयोग
नेकपा (एमाले) कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गानाले एक जना महिला बिरामीको निःशुल्क उपचार गराउनुभएको छ ।
नेपाली एकै ठाउँमा छौँ भन्ने सन्देश दिनुछ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले देशभित्र एकताको सन्देश दिनुपर्ने बताउनुभएको छ । टीकापुर नगरपालिकाले आयोजना गरेको तीन दिवसीय बृहत् सांस्कृतिक कार्यक्रमको आइतबार टीकापुरमा उद्घाटन गर्दै मन्त्री शाहले यस्तो बताउनु भएको हो ।
चाडपर्व मनाउन फर्कनेहरूको नाकामा भिड
चाडपर्व मनाउन भारतबाट फर्कने सुदूरपश्चिमबासीहरुको सीमा नाकामा भिड लागेको छ । गौरीफन्टा नाका भएर फर्कनेको सीमा नाकामा भिड बढेको हो ।
पुलमा दुर्घटना जोखिम
कैलालीको कैलारी गाउँपालिकास्थित घुरहा नदीमा रहेको पुलमा दुर्घटनाको जोखिम बढेको छ । पुलको पूर्वतर्फको पहुँचमार्ग नदीले कटान गरेपछि दुर्घटनाको जोखिम बढेको हो ।
दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणको बाटो खुल्यो
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ ।
बिजुली आउने जाने टुङ्गो छैन
सात वटा पालिका रहेको डडेलधुरा जिल्लाका १६ हजार पाँच सय घरधुरीमा विद्युत्को पहुँच पुगेको छ ।
‘उपभोक्ता समितिबाट काम भए कारबाही’
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले उपभोक्ता समितिबाट कुनै पनि विकास निर्माणका काम गर्दै नगर्ने नीति लिएको र कसैले गरेको भेटिएमा कारबाहीको भागेदार हुने बताउनुभएको छ ।
बिदाका बेला टोल कक्षा सञ्चालन
दसैँतिहार बिदाको बिदा, घरनजिकैको खुला ठाउँ, विद्यार्थी कापीकिताब लिएर जम्मा हुन्छन् । कोही गृहकार्यमा जुट्छन् भने कोही अलमल परेको विषयमा शिक्षकलाई सोध्छन् ।