नागरिक उन्मुक्ति पार्टीले दुई जनालाई मन्त्री बनाउँदै
नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदमा पठाउने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको आज बसेको बैठकले दुवै जनालाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको हो ।
‘सङ्घीय सरकारले शिक्षा र स्वास्थ्यको जिम्मा लिनु पर्छ’
बैतडी सदरमुकाममा रहेको दशरथचन्द नगरपालिका २०५४ सालमा स्थापना भएको जिल्लाकै जेठो पालिका हो। २०५४ सालमा तत्कालीन छ वटा गाउँ विकास समिति दशरथचन्द, खलङ्गा, त्रिपुरासुन्दरी, थालिगाडा, जगन्नाथ र बाराकोट मिलाएर अमर सहिद दशरथचन्दको नामबाट सो पालिका स्थापना गरिएको हो। २०७३ फागुन २७ गते स्थानीय तहको पुनर्संरचना हुँदा थप छ वटा गाविस गुरुखोला, देहीमाडौँ, दुर्गाभवानी, ग्वाल्लेक, नागार्जुन र दुर्गास्थान गाविसका केही वडा मिलाएर हाल यो नगरपालिका ११ वडामा विभाजित छ।
बाउली गाडमा पुल नै छैन, तिपाडामा दुइटा
बाजुराको मार्तडी–कोल्टी सडकमा गाडी चल्न थालेको करिब सात वर्ष बितेको छ तर यस सडकखण्डमा पर्ने बाउली गाड (नदी) मा भने पुल बन्न सकेको छैन। बर्खाको समय मार्तडी–कोल्टी सडकको बिचमा रहेको बाउली खोला तर्न निकै समस्या हुने गरेको छ। खोलामा पुल नहुँदा सर्वसाधारणले निकै सास्ती भोग्ने गरेका छन्। पुल निर्माण नहुँदा बर्खाको समय बाउलीमा मार्तडी–कोल्टी सडकमा चल्ने गाडी खोलाको वारि र पारि रोकिने गरेका छन्। गत साउन ७ गते कैलाली–६, जोशीपुरका ३२ वर्षीय डुबनारायण चौधरीको सो खोलामा बगेर ज्यान गएको छ।
‘७ गते नै गौरा पर्छ’ : पञ्चाङ्ग निर्णायक समिति
गौरा पर्व सुदूरपश्चिम (सुप) प्रदेशको महत्वपूर्ण मौलिक चाड हो । सुप प्रदेशका नौवटै जिल्लामा यो पर्व धूमधामका साथ परापूर्वकालदेखि नै मनाइँदै आइएको छ । भाद्र शुक्ल अष्टमीका दिन यो पर्व मनाइन्छ । भाद्र शुक्ल अष्टमीअगावै अगस्त्य ऋषिको उदय भयो भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको छ ।
आँखा पाक्ने समस्या बढेपछि विद्यालय बिदा
कैलालीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि विद्यालयमा बिदा दिन थालिएको छ।
धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा वृद्धि
जग्गाको कित्ताकाट रोकिएर धेरैजसो स्थानीय सरकारको आन्तरिक आम्दानी ओरालो लागेको बेला धनगढी उपमहानगरपालिकाको आन्तरिक आय भने बढ्दै गएको छ ।
विज्ञ चिकित्सकको उपस्थिति शून्य, कार्यालय सहयोगी तीन गुणा बढी
सुदूरपश्चिम प्रदेशको विशिष्ट विशेषज्ञ सेवासहितको अस्पताल डडेलधुरा अस्पतालमा एक जना पनि विशेषज्ञ चिकित्सक छैनन् । तर, कार्यालय सहयोगी भने दरबन्दीभन्दा तीन गुणा बढी छन् । विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले राम्रो उपचार सेवा पाएका छैनन् । दरबन्दीका चिकित्सकको तुलनामा कार्यालय सहयोगी ४२ जना भए पनि अस्पतालको सरसफाइ हुन सकेको छैन ।
एक अर्ब उनानब्बे करोड रकम फिर्ता
आर्थिक वर्ष २०७९/८० मा अछाम जिल्लाबाट एक अर्ब ८९ करोड रुपियाँ फिर्ता गएको छ । सङ्घ र प्रदेशबाट आएको बजेटमा चालु तथा पुँजीगत बजेटबाट एक अर्ब ८९ करोड ५६ लाख ५५ हजार रुपियाँ फिर्ता भएको हो । आव २०७९/८० मा सङ्घीय सरकारको पुँजीगततर्फ आधाभन्दा बढी रकम कार्यान्वयन हुन नसकेर फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय, अछामका लेखापाल रामबहादुर माझीका अनुसार पँुजीगततर्फको एक अर्ब २८ करोड ३७ लाख १५ हजार रुपियाँ फिर्ता भएको जानकारी दिनुभयो ।
पटेला स्मार्ट क्लबलाई सुदूरपश्चिम–११ को सहयोग
सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले पटेला स्मार्ट क्लबलाई खेल सामग्री सहयोग गरेको छ ।
राति साढे १२ बजे हात्तीले घर भत्काउन थालेपछि ....
टीकापुर–२ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निद्रामा थियो । निदाएका कालीदेवीको घर एक्कासि हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको सेवा बन्द
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले आफ्नो सेवा बन्द गरेको छ । सुदूरपश्चिम प्रदेशभरि पशु चौपायामा लम्पी स्किन रोगको प्रकोप भयावह रहेको बेला प्रयोगशालाले आजबाट आकस्मिकबाहेक सबै सेवा बन्द गरेको हो ।
दुर्घटनाका घाइतेको उपचारका क्रममा निधन
मलामी सवार ट्याक्टर दुर्घटनामा घाइते हुनुभएका थप एक व्यक्तिको उपचारका क्रममा नेपालगन्जमा निधन भएको छ । दुर्घटनामा घाइते भएका पञ्चदेवल विनायक नगरपालिका–२ का शेरबहादुर विकको गए राति साढे १० बजेतिर निधन भएको स्थानीय कर्ण विश्वकर्माले जानकारी दिनुभयो ।
डेढ वर्षदेखि हवाई उडान बन्द, १६ करोडका संरचना प्रयोगविहीन
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको पाटनस्थित विमानस्थलमा डेढ वर्षदेखि हवाई उडान बन्द भएको छ । उडान बन्द हुँदा १६ करोड रुपियाँ खर्च गरेर बनेका विमानस्थल र टर्मिनल भवन लगायतका संरचना प्रयोगविहीन अवस्थामा पुगेका छन् ।
मञ्जुको हत्या गर्ने तीन महिला पक्राउ
एक महिलाको हत्या गरेको आरोपमा कैलाली प्रहरीले तीन महिलासहित चार जनालाई पक्राउ गरेको छ ।
बाघसँग लडेर ज्यान जोगाएका साहसी
“ढलेको रुखमाथि चढेको मात्रै के थिएँ, ‘हाउँ’ गर्दै बाघ उफ्रेर झम्टिन आयो। अवाक परेँ, भाग्ने कुरै भएन। हातमा भएको हँसियाले टाउकैमा प्रहार गरेँ तर पनि झम्टिन आइरह्यो।” यो घटना सम्झिँदा कैलारी गाउँपालिका–७, तिघरीका ६८ वर्षीय जालुराम चौधरीको आङ अझै पनि सिरिङ्ग हुन्छ।
बाढीको त्रासमा रातभर जाग्राम बस्छन् कुतियाकबरवासी
महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन् उनीहरू । पानी परेको रात जागराम बस्छन् । उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिँदैन भनेर पिरोलिरहन्छ ।
‘एडिज’ लामखुट्टेको लार्भा सङ्कलन : जापानमा अध्ययन हुने
कञ्चनपुरमा अध्ययनका लागि डेङ्गु रोग सार्ने एडिज लामखुट्टेको लार्भा सङ्कलन गरी प्रयोगशालमा राख्ने कार्य गरिएको छ । सुदूरपश्चिम प्रदेशको ‘इन्टोमोलोजी टिम’ले भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर बजार क्षेत्रबाट डेङ्गु, चिकनगुनिया, जिन्क एलोफिवर सार्ने एडिज लामखुट्टेका लार्भा सङ्कलन गरी प्रयोगशालामा राखेको हो ।
सार्वजनिक जग्गामा बनेको घरटहरा हटाइएको खुुलासा
बझाङको बित्थडचिर गाउँपालिका–७, स्यालढुङ्गाको सार्वजनिक खाल्सा गौचरण जमिन अतिक्रमण हुन थालेपछि त्यहाँका गाउँलेहरूले संरक्षण गर्न थालेका छन्। स्थानीय पुड्को ओखेडा र कृष्ण उखेडाको परिवारले सार्वजनिक जग्गा भोग गर्ने गरी घेरबार र घरटहरा निर्माण गरेपछि गाउँलेहरूले बिहीबार पुड्को उखेडाको निर्माणाधीन घर भत्काइदिएको हो। सो जमिनमा बनेको घरटहरा भत्काएको विषयमा विवाद भएको छ। धामी गाउँ निवासी दलित दुई परिवार २५ वर्ष अगाडिदेखि स्यालढुङ्गामा बसोबास गर्दै आएका थिए। दलित परिवारको एउटा कित्ता दर्ता भएर घर आवास बनाएको र बाँकी रहेको दर्ता जग्गासँगै सार्वजनिक जग्गा जोडिएकाले अतिक्रमणमा परेको भनाइ स्थानीयवासीको छ।
गलफुलो समस्याले बालबालिका हैरान
कैलालीमा गलफुलो (मम्प्स) समस्याले बालबालिका आक्रान्त बनेका छन्। पछिल्लो समय साना बालबालिकामा यो समस्या बढ्दो रूपमा देखा पर्न थालेको हो।
शुक्लाफाँटा : थोरै क्षेत्रफलमा धेरै बाघ
महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघका लागि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ छन् । विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात हुन थालेको छ ।
बाढीपहिरोबाट गौमुलका १२ घरपरिवार विस्थापित
बाजुराको गौमुल गाउँपालिकाका १२ घरपरिवार बाढी पहिरोबाट विस्थापित भएका छन् । गत बिहीबार राती गाउँमाथिबाट पहिरो खसेको र तलबाट बाढीले कटान गर्दै आएपछि गौमुल ३ का १२ घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
ग्वाल्लेकमा खुल्यो बाख्रा फार्म
बैतडीको ग्वाल्लेकमा पाँच करोड रुपियाँ खर्च गरेर सिरोही र तोतापरी जातका बाख्रा फार्म सञ्चालनमा आएको छ। फार्ममा भारतको राजस्थानबाट सिरोही जातका बाख्रा ल्याइएका छन्। दशरथचन्द नगरपालिका–९, ग्वाल्लेका सुरेश चन्दले उन्नत जातका बाख्रा पालनका लागि गाउँमा पाँच करोड रुपियाँ खर्च गरेर बाख्रा फार्म सञ्चालनमा ल्याउनुभएको हो। भारतको राजिस्थानबाट खरिद गरी ल्याइएका सिरोही जातको बाख्रा फार्ममा अहिले करिब डेढ सय बाख्रा रहेका छन्। अग्लो कद, लामा कान भएका औसत बाख्राको तौल ८० किलोदेखि ९० किलोसम्मका छन्। फार्ममा रहेको सिरोही जातको भीम नाम गरेको बोकाको तौल १८० किलो रहेको बताइएको छ।
साइपालमा चामल अभाव
वर्षायाम सुरु हुँदासमेत पटक पटक खाद्यान्न सङ्कट भोग्दै आएका बझाङको उत्तरी भेग साइपाल गाउँपालिकाका बासिन्दा फेरि खाद्यान्न अभावको मारमा परेका छन्। वर्षायाम सुरु भएसँगै सदरमुकाम चैनपुरबाट लिएको चामल तलकोट गाउँपालिकाको पानाल्त र कुवामा गोदाममा कुहिने अवस्थामा छ। साइपाल गाउँपालिकामा भोकमरी हुने अवस्था भएको छ। साइपाल गाउँपालिकाको काँडामा रहेको डिपो कार्यालयमा रहेको सबै खाद्यान्न वितरण भएपछि गाउँपालिकामा एक महिनादेखि खाद्यान्न अभाव भएको हो।
दलितको घर भत्काउने तीन पक्राउ
बझाङमा दलितको घर भत्काउने तीन जना पक्राउ परेका छन् । जोशी बस्तीनजिक दलितले घर बनाउन पाइदैन भन्दै स्थानीयले दलितको घर भत्काउनुका साथै मकैबाली काटेको बझाङ प्रहरीमा उजुरी परेको छ ।