• २२ असार २०८१, शनिबार

पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको सेवा बन्द

blog

धनगढीमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला ।

अविनाश चौधरी

धनगढी, साउन १५ गते । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले आफ्नो सेवा बन्द गरेको छ । सुदूरपश्चिम प्रदेशभरि पशु चौपायामा लम्पी स्किन रोगको प्रकोप भयावह रहेको बेला प्रयोगशालाले आजबाट आकस्मिकबाहेक सबै सेवा बन्द गरेको हो । 

चालु आर्थिक वर्षमा कुनै पनि शीर्षकमा बजेटको व्यवस्था नभएकाले बाध्य भएर सेवाहरू बन्द गर्नुपरेको प्रयोगशालाका प्रमुख डा. नरेश जोशीले बताउनुभयो । उहाँले अर्को व्यवस्था नभएसम्मका लागि सेवा प्रवाह गर्न असमर्थ रहेको जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार संस्थागत संरचनाको अन्यौलता रहेको जनाइएको छ । जसको कारण बजेटको व्यवस्था नहुँदा प्रदान गर्दै आएका सेवाहरू बन्द गर्नुपरेको हो । पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पशुपन्छीमा लाग्ने विभिन्न रोगको जाँच गर्दै आएको थियो ।