• १३ मंसिर २०८१, बिहिबार

नागरिक उन्मुक्ति पार्टीले दुई जनालाई मन्त्री बनाउँदै

blog

अविनाश चौधरी

धनगढी, साउन १७ गते । नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदमा पठाउने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको आज बसेको बैठकले दुवै जनालाई मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो । 

रामेश्वर चौधरीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री र कैलाश चौधरीलाई राज्यमन्त्री बनाउने निर्णय भएको सो पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिनुभयो । उहाँले नियुक्त हुने मन्त्रीको आजै साँझ ७ बजे सपथ ग्रहण गराउने तयारी भइरहेको बताउनुभयो । 

प्रदेश प्रमुखको कार्यालयले भने आज साँझ ७ बजे सपथ ग्रहण हुने कार्यक्रमको बारेमा खबर प्राप्त नभएको जनाएको छ । निमित्त सचिव शैलेशराज ढुङ्गानाले भन्नुभयो, “हामीलाई आज ७ बजे सपथ ग्रहण हुने कार्यक्रमबारे जानकारी आएको छैन । यसअघि, साउन १८ गते सपथ ग्रहण हुने भनेर मुख्यमन्त्रीले मौखिक खबर गर्नुभएको थियो ।”

यसअघि, पनि नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री तथा राज्यमन्त्रीलाई सपथ ग्रहण गराउने तयारी गरिए पनि सो पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीको तत्काल सरकारमा सहभागी नहुने पत्रका कारण सपथ ग्रहण कार्यक्रम रोकिएको थियो ।