• ७ वैशाख २०८१, शुक्रबार

बाढीपहिरोबाट गौमुलका १२ घरपरिवार विस्थापित

blog

पहिरोले विस्थापित पारिएको गौमुल ३ को बस्ती । तस्बिर : गोरखापत्र

शेरबहादुर सार्की 

बाजुरा, साउन १३ गते । बाजुराको गौमुल गाउँपालिकाका १२ घरपरिवार बाढी पहिरोबाट विस्थापित भएका छन् । गत बिहीबार राती गाउँमाथिबाट पहिरो खसेको र तलबाट बाढीले कटान गर्दै आएपछि गौमुल ३ का १२ घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विस्थापित हुने घरपरिवारमा गौमुल ३ का चीनबहादुर थापा, जोगी विक, पूर्ण विक, वसन्त बोहरा, धनबहादुर बोहरा, गङ्ग बोहरा, अफिलाल बोहरा, झाक्री बोहरा, विरजित बोहरा, राजेन्द्र धामी, मानबहादुर बोहरा र प्रकाश बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख कवीन्द्र बोहराले बताउनुभयो । 

उहाँले त्यसै गरी हिमाली गाउँपालिका–३ युना बस्ने दिपलाल बुढाको घर बाढीले बगाएको छ । भने यो बस्तीका झण्डै १३ घरपरिवार पहिरोको जोखिममा रहेका छन् । अहिले ती परिवार युना आधारभूत स्वास्थ्य चौकीमा बसोबास गरिरहेको बताउनुभयो ।

बाढी पहिरोका कारण बाजुरामा मानवीय क्षति नभएपनि भौतिक रूपमा ठुलो क्षति भएको छ । गाउँ बस्ती पहिरोको जोखिममा रहेपछि अहिले यहाँका स्थानीय विद्यालयमा बसोबास गर्दै आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख बोहराले बताउनुभयो ।