• २५ पुस २०८१, बिहिबार

दलितको घर भत्काउने तीन पक्राउ

blog

पीडित पुट्के ओखेडा । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, साउन १२ गते । बझाङमा दलितको घर भत्काउने तीन जना पक्राउ परेका छन् । जोशी बस्तीनजिक दलितले घर बनाउन पाइदैन भन्दै स्थानीयले दलितको घर भत्काउनुका साथै मकैबाली काटेको बझाङ प्रहरीमा उजुरी परेको छ । 

बित्थडचिर गाउँपालिका –७, स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले विहीबार स्थानीय धामी गाउँका भवानी जोशी, कृष्ण जोशी र नन्दलाल जाशीलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले पीडितले दिएको उजुरीअनुसार तीन जनालाई पक्राउ गरी अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको बताउनुभयो । 

पीडित पुटके ओखेडाले स्थानीय ३०–३२ जनाको समूहले हाम्रो बस्तीनजिक दलितले घर बनाउन पाइदैन भन्दै जातीय रुपमा गालीगलौच गरी घर भत्काएको बताउनुभयो । घट्नाका विषयमा बित्थडचिर गाउँपालिका –७, का वडा अध्यक्ष दिनेश अधिकारीले पुटके ओखेडाले घर बनाउन खोज्दा स्थानीय गैरदलितले भत्काइदिएको जानकारी आएको बताउनुभयो ।