अवैध क्रसरमा सिल
भीरकोट नगरपालिका १ मा रहेको अवैध क्रसरमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सिलबन्दी गरेको छ । प्रशासनले बजार अनुगमनका क्रममा भीरकोट खेलमैदानको नजिकै रहेको भुसाल इन्टरप्राइजेज नाम रहेको क्रसरमा सिलबन्दी गरेको हो ।
गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित
गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
मनकामना केबलकार ५० दिन बन्द हुने
मनकामना केबलकार ५० दिनको लागि बन्द हुने भएको छ ।
मन्त्री भएको तीन दिनमै देवकोटा पदमुक्त
गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री फणीन्द्र देवकोटा मन्त्री नियुक्त भएको तीन दिनमै पदमुक्त हुनुभएको छ ।
कावासोतीका स्थानीय र नगरपालिकाबिच १० बुँदे सहमति
नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको नवलपुर सदरमुकाम कावासोतीका स्थानीय र नगर पालिकाका प्रतिनिधिबिच १० बुँदे सहमति भएको छ। पीडितका परिवारलाई पाँच लाख उपलब्ध गराउनेसहित विभिन्न १० बुँदामा सहमति भएको हो।
तीन जनाको मृत्युपछि कावासोती तनावग्रस्त : चार जना प्रहरी घाइते
नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि नवलपुर सदरमुकाम कावासोती तनावग्रस्त बनेको छ। मृतकका आफन्त र स्थानीयले नगर प्रमुख विष्णुप्रसाद भुसालविरुद्ध नाराबाजी गर्दै नगरपालिका र निजी निवासमा तोडफोड गरेका छन्।
प्लाष्टिकजन्य फोहोरबाट सजावटका सामग्री
म्याग्दीको मंगला गाउँपालिकाले प्लाष्टिकजन्य फोहोरलाई उपयोग गरेर घरायसी प्रयोजनका सुन्दर सामग्रीहरु बनाउने सीप सिकाएको छ ।
तीनजनाको मृत्युपछि कावासोती तनावग्रस्त
नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि नवलपुर सदरमुकाम कावासोती तनावग्रस्त बनेको छ । मृतकका आफन्त र स्थानीयले नगरप्रमुख विष्णुप्रसाद भुसालविरुद्ध नारावाजी गर्दै नगरपालिका र नीजि निवासमा तोडफोड गरेका छन् ।
किसानलाई बाली भित्र्याउन चटारो
पूर्वी नवलपरासीका किसान यतिखेर हिउँदे बाली भित्र्याउन व्यस्त रहेका छन् । कहिँ हिउँदे धान त कहिँ मकै भित्र्याउन किसानलाई भ्याइनभ्याइ भएको छ ।
रणबाङ–दरबाङ सडक कालोपत्र योजना अलपत्र
सडक कालोपत्र गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण म्याग्दीको बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ–दरबाङको कालोपत्र योजनाको काम अलपत्र परेको छ ।
दुई जिल्लाको सिमानामा जडीबुटी अनुसन्धान केन्द्र
जिल्लाको तमानखोला गाउँपालिकाको पर्यटकीय स्थल सोलेडाँडालाई जडीबुटी अनुसन्धान केन्द्र बनाइने भएको छ । समुद्री सतहदेखि दुई हजार सात सय मिटरको उचाइमा रहेको सोलेडाँडा म्याग्दी र बागलुङको सिमानामा पर्दछ ।
पाउद्वार तातोपानी सार्वजनिक-निजी साझेदारी मोडेलमा सञ्चालनको प्रस्ताव
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित काली गण्डकी नदी किनारमा रहेको प्राकृतिक पाउद्वार तातोपानी कुण्डलाई सार्वजनिक–निजि साझेदारी अवधारणा अनुसार सञ्चालनको प्रस्ताव गरिएको छ ।
मानपुर-डेडगाउँ सडक कालोपत्र
गण्डकी प्रदेशको गौरव आयोजनाका रूपमा रहेको मानपुर–डेडगाउँ–बुलिङटार जोड्ने सडकखण्डको कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ ।
विद्यार्थीलाई कपाल काट्ने तालिम
गोरखा नगरपालिका – ९ मा रहेको महालक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीलाई कपाल काट्ने तालिम दिइएको छ । विद्यालयले आर्थिक अवस्था कमजोर साथै व्यावहारिक ज्ञान सिक्न इच्छुक भएका बिद्यार्थीहरुलाई व्यावहारिक ज्ञान सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले विद्यालयले कपाल काट्न तालिम दिइएका हो ।
म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा
जिल्लाको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु छ करोड लागतमा उत्पादन, संरक्षण र बजारीकरणका कार्यक्रम सञ्चालन गरेको छ ।
बागलुङमा बने सोह्र झोलुङ्गे पुल
बागलुङ जिल्लामा चालु आर्थिक वर्षमा जिल्लाभर १६ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । गण्डकी प्रदेश सरकारले पाँच वटा र स्थानीय तहले ११ वटा झोलुङ्गे पुल निर्माण गरेका हुन् । पुल निर्माण भएसँगै ग्रामीण भेगमा बसोबास गर्ने सर्वसाधारणको दैनिकी सहज भएको छ ।
सडक बनेको १८ वर्षपछि स्तरोन्नति
बेनी नगरपालिका–६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ । विसं २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र भएको हो ।
पाँच महिनामै बन्यो घट्टे खोलामा मोटरे बल पुल
ठुला देखी साना मोटरे बल पुल बनाउन म्याद गुजारेले बर्सो समय लगाएको हामी देखेकै छौ, तर अर्जुन चौपारी ३ घट्टे खोलामा भने थालेको पाँच महिनामा पुल निर्माण गरिएको छ ।
बन्दीपुर केबुलकार सञ्चालन
बन्दीपुर केबुलकार बिहीबारबाट सञ्चालनमा आएको छ । सञ्चालनमा आएसँगै पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटकले केबुलकारबाट आवतजावत गर्न पाएका छन् । सेवा शुभारम्भको अवसरमा ६० प्रतिशत छुटको व्यवस्था गरिएकाले ३६० रुपियाँमा आवतजावतको व्यवस्था मिलाइएको बन्दीपुर केबुलकार तथा टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । छुटको व्यवस्था एक साताका लागि गरिएको छ ।
नालामा पुरिएर तीन महिलाको मृत्यु
नवलपुर सदरमुकाम कावासोतीको फलफूल चोकमा नाला खन्ने क्रममा पुरिएर तीन जना महिला मजदुरको मृत्यु भएको छ ।
विश्व बैंकको सहयोगमा पराशर मार्गको काम सुरु
विश्व बैङ्कको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्र कार्यको शिलान्यास गरिएको छ ।
बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक निर्माण र यातायात सञ्चालनका लागि कालीगण्डकी र सहायक खोलामा आउने बाढी र कटान चुनौती बनेको छ ।
गर्मी अत्यधिक बढेपछि विद्यालय दुई दिन बन्द
अत्यधिक गर्मी बढेपछि नवलपुरका विद्यालयहरूमा थप दुई दिन बिदा दिइएको छ । मौसममा कुनै सुधार नआएपछि जिल्लाको गैँडाकोट नगरपालिका, कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकाले थप दुई दिन विद्यालयमा बिदा दिएका छन् ।
कोत्रे सडक खण्डमा शाखा बाटो बनाउन माग
पृथ्वी राजमार्ग अन्तर्गत निर्माणाधीन पोखरा-मुग्लिन (पश्चिम खण्ड) को कोत्रेदेखि भत्केको चौकीसम्मको राजमार्गको दायाँबायाँ शाखा बाटो निर्माणका लागि स्थानीयले माग गरेका छन् ।