• ७ कात्तिक २०८१, बुधबार

मानपुर-डेडगाउँ सडक कालोपत्र

blog

मानपुर–डेढगाउँ सडक कालोपत्रे गरिँदै । तस्बिर : गोरखापत्र

अमरराज नहर्की 

तनहुँ, जेठ ३१ गते । गण्डकी प्रदेशको गौरव आयोजनाका रूपमा रहेको मानपुर–डेडगाउँ–बुलिङटार जोड्ने सडकखण्डको कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । ११ किलो मिटर कालोपत्रेको लागि विनियोजित बजेटमा १० किलोमिटर सडक कालोपत्रे पुरा भएको छ । 

तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरबाट नवलपुरको डेडगाउँ सिमानासम्मको ११ किलोमिटर सडकमध्ये १० किलोमिटर सडक कालोपत्र पूरा भएको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी इञ्जिनियर धनमाया मिश्रले बताउनुभयो । बाँकी एक किलोमिटर सडक कालोपत्र गर्ने तयारी भइरहेको छ । नवलपुरको त्रिवेणीबाट मुस्ताङको कोरोला जोड्ने छोटो दूरीको सडकअन्तर्गत पहिलो चरणमा तनहुँ खण्डमा अस्फाल्ट प्रविधिको कालोपत्रे कार्य सम्पन्न भएको हो ।

वि.सं २०५१ मा ट्रयाक खुलेको उक्त मार्गमा कालोपत्र गरिएको हो । उक्त खण्ड स्तरोन्नतिका लागि वि.सं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु. २२ करोड ८५ लाख ४१ हजार सातसय ९३ को लागतमा कालोपत्र भइरहेको कार्यालयले जनाएको छ  । रु. ३५ करोड १४ लाख ७४ हजार एकसय नौ रुपियाँ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रु. २२ करोड ८५ लाख ४१ हजार सातसय ९३ मा कालोपत्रको ठेक्का पाएको थियो ।