हराउँदै सार्वजनिक धारा र कुवा
हिजोआज सार्वजनिक धारा र कुवा हराउँदै जान थालेका छन् । नयाँ नबनाउने र पुरानाको संरक्षण नहुँदा तनहुँमा सार्वजनिक ठाउँमा कुवा र धाराहरू विरलै देख्न पाइन्छ ।
विद्यार्थी नेता तथा कार्यकर्ता पक्राउ
धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी सङ्गठनका केन्द्रीय महासचिवसहितका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।
बागलुङमा तीव्र गतिमा फैलियो डेंगु
बागलुङमा डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । पछिल्लो एक महिनाको अवधिमा २६ जनामा डेंगु सङ्क्रमण पुष्टी भएको हो ।
पुल नहुँदा सधैँ जोखिम
रुपन्देही सैनामैनाको इगुरियाखोलामा पुल नबन्दा खोला तर्नेक्रममा बगेर १५ वर्षमा १० जनाको ज्यान गएको छ। यो खोलाले चार वर्षअगाडि स्थानीय हरिहर मल्लाह र उहाँकी सात वर्षीय छोरीलाई बगाएको थियो। स्थानीयका अनुसार प्रत्येक चुनावमा इगुरियाखोलामा पुल हालिदिने, बाटो कालोपत्रे गर्ने आश्वासन देखाएर भोट माग्ने नेताहरूले चुनावपछि बिर्सिने गरेको आरोप लगाएका छन्।
नेता ठेकेदारले नै पारे निर्माण योजना अलपत्र
नेपाली समाजमा ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने लोकोक्ति प्रचलित छ। सदरमुकाम बेनीमा निर्माणाधीन बेनी अस्पतालको भवन कार्य यो लोकोक्तिसँग ठ्याक्कै मेल खान्छ। देशभरिका निर्माण व्यवसायीका छाता सङ्गठन निर्माण व्यवसायी महासङ्घका पदाधिकारी एवं ठूला नेताहरूले जिम्मा लिएको बेनी अस्पताल निर्माणाधीन भवन दुई वर्षदेखि अलपत्र छ। निर्माणाधीन भवनको फलामे रडमा खिया लागेको छ। निर्माण सम्पन्न नहुँदै भवन जीर्ण र पुरानोजस्तो देखिन थालेको छ। छ वर्षअघि निर्माण सुरु गरिएको अस्पताल भवन दुई वर्षयता अलपत्रजस्तै छ। भवन निर्माणलाई गति दिन सरकारी निकायबाट सात पटकसम्म पत्र काटिएको बताइएको छ। तर उक्त पत्रले निर्माण व्यवसायीको रौँ हल्लाएको छैन। भवन अलपत्र पार्ने ठेकेदारको फोटो टाँसेर स्थानीय युवाले गत हप्ता विरोध पनि गरे।
राष्ट्रिय राजमार्गसँग जोड्ने सडक बन्द
हिमालपारिको जिल्ला मुस्ताङलाई म्याग्दी हुँदै राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाले सडकको विभिन्न स्थानमा पहिरो तथा बाढी जाँदा अवरुद्ध भएको हो। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मार्ग बेनी–जोमसोम सडक एकमात्रै सडक खण्ड हो। सो सडकको सात ठाउँमा खोला र पहिरोले अवरुद्ध गराएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले बताउनुभयो।
तनहुँको विपन्न समुदायलाई २८६ वटा सुरक्षित घर
तनहुँको भानु नगरपालिका–४ निवासी गोरे सार्की दुई कोठे पक्की घर पाएपछि खुसी हुनुहुन्छ । पक्की घर बनेपछि बस्ती वरपर घरिघरी चितुवा आइरहने छाप्रोमा बस्नु पर्दा राति जङ्गली जनावरले आक्रमण गर्छ कि भन्ने डर हटेको उहाँ बताउनुहुन्छ ।
पर्यटनले मुहार फेरेको भकुण्डे गाउँ
विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक दुई पटकसम्म विदेशी पहुना लिएर भकुण्डे गाउँ पुगिसक्नुभयो । उहाँले भेगन समूहमा आबद्ध बाह्य पर्यटकलाई बागलुङ जिल्लाको भकुण्डे गाउँ ल्याउने संस्थागत सुनिश्चित गरिसक्नुभएको छ ।
मुग्लिङ–पोखरा सडक विस्तार : तनहुँ खण्डमा भौतिक प्रगति न्यून
मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा काम सुस्त भएको छ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति न्यून देखिएको छ ।