• १३ साउन २०८१, आइतबार

पुल नहुँदा सधैँ जोखिम

blog

सैनामैना समाचारदाता

सैनामैना (रुपन्देही), भदौ ३१ गते । रुपन्देही सैनामैनाको इगुरियाखोलामा पुल नबन्दा खोला तर्नेक्रममा बगेर १५ वर्षमा १० जनाको ज्यान गएको छ। यो खोलाले चार वर्षअगाडि स्थानीय हरिहर मल्लाह र उहाँकी सात वर्षीय छोरीलाई बगाएको थियो। 

स्थानीयका अनुसार प्रत्येक चुनावमा इगुरियाखोलामा पुल हालिदिने, बाटो कालोपत्रे गर्ने आश्वासन देखाएर भोट माग्ने नेताहरूले चुनावपछि बिर्सिने गरेको आरोप लगाएका छन्। 

स्थानीय चन्द्रकुमारी कुमालले यो खोलाले बर्सेनि मान्छे बगाउने गरेको बताउनुभयो। उहाँका श्रीमान् कृष्ण कुमाललाई पनि सोही खोलाले बगाएर बेपत्ता बनाएको थियो।

यो खोलाको करिब पाँच किमि माथि पुल बनेको छ। तर, बाटो टाढा र घुमाउरो पर्ने भएकाले स्थानीय घाटबाट वारपार गर्न बाध्य छन्। 

वडा नं. ५ का अध्यक्ष धनप्रसाद पौडेलले खोलामा पाँचवटा पुल आवश्यक रहेको बताउनुभयो। सैनामैना नगरपालिका नगरप्रमुख फडेन्द्र शर्मा पुलको आवश्यक रहेको स्थानका लागि बजेट माग गरिएको बताउनुहुन्छ।