नवलपुरमा ११३ मतदान स्थल र ३०२ केन्द्र
निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि नवलपुरमा ११३ वटा मतदान स्थल र ३०२ वटा मतदान केन्द्र कायम गरिएको छ ।
बेनीमा डेङ्गु ‘खोजी र नष्ट अभियान’
म्याग्दी सदरमुकाम बेनीमा डेङ्गु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सुरू गरिएको छ । बेनी नगरपालिका वडा नं ७ र ८ ले डेङ्गुको बासस्थान भत्काउने तथा पहिचान गरी नष्ट गर्न समुदायलाई नै सक्रिय बनाएर डेङ्गु रोगसम्बन्धी सचेतनामूलक कार्यक्रमम सञ्चालन गरेको हो ।
डेङ्गु नियन्त्रण गर्न कवाडीखाना सारिँदै
कास्कीमा ५३ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। डेङ्गुको सङ्क्रमण दर दिनानुदिन बढ्दै गएपछि यसको नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले विभिन्न कार्यक्रम अघि सारेको छ। डेङ्गु हुने मुख्य कारण भनेकै लामखुट्टेको टोकाइ भएकाले सरसफाइमा ध्यान दिन प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ। डेङ्गु रोग तीव्र गतिमा फैलिरहेका बेला पोखरा महानगरपालिकामा यसविरुद्धको सचेतना अभियान सुरु गरेको छ।
गुर्जावासीलाई पुर्जा बनाउन समस्या
धौलागिरि गाउँपालिका–१, गुर्जावासीलाई लालपुर्जा बनाउन निकै समस्या छ। भौगोलिक रूपमा विकट गुर्जाका स्थानीय सदरमुकाम बेनी आएर लालपुर्जा बनाउन सक्दैनन्। बेनी आएर लालपुर्जा बनाएर फर्किंदा कम्तीमा २० देखि २५ हजार रुपियाँसम्म खर्च हुन्छ। अंशबन्डा, नामसारी र कित्ताकाटलगायत गुर्जावासीका वर्षौंदेखिका समस्या यथावत् छन्।
जितियाको अवसरमा सार्वजनिक बिदा
जितियाका अवसरमा नवलपरासी (बर्दघाट–सुस्ता पूर्वका चारवटा पालिकामा आज सार्वजनिक बिदा हुने भएको छ ।
पल शाह मुद्दाको सुनुवाइ आज
अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालतमा आज सुनुवाइ हुने भएको छ । भदौ १५ सुनुवाइ हुने भनिए पनि असोज २ गतेको लागि पेशी सरेकोले आज सुनुवाइ हुने भएको हो ।
तनहुँमा फैलियो डेंगु रोग
तनहुँमा डेंगु रोगको सङ्क्रमण तीव्र रुपमा फैलिएको छ । जिल्लामा थप ८८ जना डेंगुका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जिल्लामा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण भएको पाइएको जानकारी दिनुभयो ।
राजमार्गको अवस्थाप्रति पालिकाको चासो
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले पूर्व–पश्चिम जोड्ने मुख्य राजमार्गको जीर्ण अवस्थाप्रति चासो लिएको छ। चाडपर्व सुरु भएसँगै मुख्य राजमार्गको अवस्था कमजोर देखिएपछि पालिकाले चासो लिएको हो। पुनर्निर्माण तथा विस्तारका क्रममा रहेको कावासोतीस्थित मुख्य राजमार्गमा ठूलठूला खाल्टाखुल्टीसँगै ढल, धुलो र हिलोको समस्या देखिएकाले समाधानका लागि समाधानको पहल भएको कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो।
पानीको शुद्धीकरणपछि धारामा पठाइने
मर्दीखोला मुहानको पानी पोखरेली जनताले वर्षौंदेखि पिउँदै आएका छन् तर पनि पर्याप्त छैन। नेपाल खानेपानी संस्थान पोखराका अनुसार दैनिक सात करोड लिटर पानीको माग छ। आपूर्ति भने पाँच करोड लिटर मात्र हुँदै आएको छ। खानेपानी संस्थानका सूचना अधिकारी दिनेश्वरप्रसाद यादवले आपूर्ति असहज भएको ठाउँमा बोरिङको पानी वितरण गरिएको बताउनुभयो। उहाँका अनुसार पोखरामा खानेपानी संस्थानका ४७ हजार ग्राहक छन्। जनसङ्ख्या वृद्धिदर अधिक मात्रामा हुँदा आवश्यक खानेपानीको दीर्घकालीन वैकल्पिक स्रोतको उपभोग गर्न जरुरी रहेको उहाँले सुनाउनुभयो।